जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार « Khabarhub

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार



काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष पहिले सञ्चालनमा ल्याएको ललितपुरस्थित गोदावरी सनराइज कन्भेन्सन हल जेन–जी आन्दोलनको निशानामा पर्‍यो । आन्दोलनमा अराजक समूहले गोदावरी नगरपालिका–३ स्थित उक्त हलमा तोडफोड र आगजनी गरेका कारण जस्ता र आल्मुनियमले बनेको भवन क्षणभरमै क्षतिग्रस्त भयो ।

उक्त हल संघीय सरकार मातहतका संरचना हेर्ने जिम्मा पाएको शहरी विकास तथा भवन निर्माण विभाग मातहत छ । आन्दोलन भएको करिब साढे ६ महिना बितिसक्दा विभागले बल्ल हल पुनः निर्माणको अध्ययन थालेको छ ।

‘हामीले हलका, भित्ता, आरसीसी, छड लगायत संरचनामा के कति क्षति पुगेको छ भन्ने मूल्याङ्कन गरिसकेका छौँ,’ शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा पुनःनिर्माण, पुनःस्थापना र प्रवलीकरण महाशाखाका प्रमुख प्रकाश अर्याललले भने । उनका अनुसार हलको छानोबाहेक अन्य संरचना सबै प्रयोगयोग्य छन् ।

‘हलको छानो जस्ताले बनेकाले आगलागीबाट पूर्ण रुपमा ध्वस्त भएको पाइयो । छानो सबै नयाँ हाल्नुपर्छ, त्यसमा पुरानै शैलीको जस्ताको छानो हालिनेछ भने अन्य संरचना खासै बिग्रिएको देखिएन । त्यसैले डिजाइनको काम सुरु गरिसकेका छौँ,’ अर्यालले भने । हलको पुनःनिर्माणका लागि बहुवर्षीय खरिद योजना स्वीकृत भइसकेको पनि उनले जानकारी दिए ।

‘डिजाइनको काममा अझै करिब एक महिना लाग्ने अनुमान छ, यसबारे तीन हप्तापछि बल्ल यकिनका साथ भन्न सकिन्छ ।’ उनले खबरहबलाई भने । उनका अनुसार डिजाइनपछि मात्रै बजेट के कति लाग्छ भन्ने अनुमान गर्न सकिनेछ ।

३ हजार सीट क्षमताको अन्तर्राष्ट्रिय स्तरको यो हल ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको छ । केन्द्रको ११ रोपनी १४ आनामा सभाहल र १३ रोपनी १ आनामा पार्किङको व्यवस्था गरिएको छ । ध्वनि अवशोसित, भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री हलमा विशिष्ट कक्ष, सहायता कक्ष, अनुवाद कक्षको व्यवस्थापन गरिएको थियो ।

२ तला उचाइ बराबरमा बनाइएको हल २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शीलान्यास गरेका थिए । जसको उद्घाटन २०७८ वैशाख ३१ मा उनैले गरेका थिए । ८१ करोड लागतमा बनाइएको देशकै ठूलो मानिएकोे हल उद्धघाटनसँगै सञ्चालनमा आएको थियो ।

जेन–जी आन्दोलनको पूर्वसन्ध्यामा एमालेले यही हलमा दोस्रो विधान अधिवेशन सम्पन्न गरेको थियो । यो हल निर्माण हुनुअघि सरकारसँग बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र मात्रै बृहत सम्मेलन गर्न सकिने क्षमताको हल थियो ।

०६५ साल १४ जेठबाट संघीय संसद् सचिवालयको रुपमा प्रयोग गर्नेगरी भाडामा लिएपछि भने ठूलो सम्मेलन गर्नुपर्दा सरकारसँग विकल्प थिएन । सरकारण गोदावरीको यो हल निर्माण गरिएको हो ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको केन्द्र ०५० देखि सञ्चालनमा आएपछि त्यहाँ विशिष्ट किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु हुने गर्थ्यो । १ हजार ४६ सिट क्षमता रहेको उक्त भवनमा भदौ २२ गतेसम्म संसद चलिरहेको थियो । तर, जेन–जी आन्दोलनमा आगजनी र तोडफोडबाट केन्द्र ध्वस्त बनेको छ ।

उक्त केन्द्र पनि विभागकै जिम्मामा रहेकाले विभागले यतिबेला केन्द्रको पुनःनिर्माणार्थ अध्ययन टोली खटाएको बताउँछ । ‘अहिले हामीले आगलागी र तोडफोडबाट त्यहाँ भएको क्षतिको आर्कीटेक्ट ड्यामेज म्यापिङ गरेर संरचनाको नक्शा उतार्ने, पिल्लर, आरसीसी, ढलान काम लाग्ने छ छैन परिक्षण गरिरहेका छौँ,’ अर्यालले भने ।

उनका अनुसार केन्द्रको छानातर्फको भाग पूर्ण रुपमा काम नलाग्ने भएको छ । ‘आगलागीबाट छानो फाल्नुपर्छ । केन्द्रको पुरानो भवन भएकाले त्यहाँ नक्शामा समेत समस्या रहेछ, त्यसको लागि पनि काम गर्दैछौँ । यो परिक्षण सक्न २ महिनाजति लाग्छ त्यसपछि रि–डिजाइन गरेर अर्को साल निर्माण सुरु गर्नेछौँ,’ उनले भने ।

केन्द्रको पुनः निर्माणमा अन्तराष्ट्रिय चासो समेत रहने हुँदा थप सतर्कता अवलम्बन गर्दै काम गरेकाले समय लागेको उनको भनाइ छ । प्रतिनिधि सभाको संसद भने अब सिंहदरबारबाटै गर्ने सरकारको निर्णय छ ।

त्यसैले चैत १२ गते नवनिर्वाचित सांसदहरुको सपथ पनि सिंहदरबार परिसरमा निर्माणाधीन भवनको बहुउद्देशीय हलमा गरियो ।प्रतिनिधि सभाको हल निर्माण पुरा नभएकाल अस्थाई रुपमा बहुउद्देशीय हल प्रयोग गरिएको हो । जसकारण सरकारले गत असोजमा केन्द्रसँग गरेको सम्झौतासमेत रद्ध गरिसकेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ६ : ०४ बजे

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब

रिमालको जेन-जी कवितासङ्ग्रह ‘लाभा’ सार्वजनिक

काठमाडौं– साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा लेखिएको जेन-जी आन्दोलनमा केन्द्रित कवितासङ्ग्रह

महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका

गाजामा सहायता प्रवाह अनुमति दिन इजरायललाई राष्ट्रसङ्घको आह्वान

एजेन्सी– मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थमीन अल खितानले

पूर्वाधार विकासमा गति लिँदै बेदकोट नगरपालिका

दोधारा चाँदनी– पछिल्ला केही वर्षयता बेदकोट नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय