एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’ « Khabarhub

जाँचबुझ आयोगको प्रतिवेदन

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

नेपाल र बंगलादेशको हकमा मिल्यो खान सरको विश्लेषण



काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले सुरक्षा निकाय र तिनको नेतृत्वकै भूमिकामाथि धेरै प्रश्न उब्जाएको छ ।

सबैभन्दा पहिले जनआस्था पत्रिकामार्फत् बुधबार बाहिरिएको प्रतिवेदनले केही मुख्य घटनाहरूको कारण, साँठगाँठ र पृष्ठभूमिबारे साँधेको मौनताले प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको आशंकालाई बलियो बनाइदिएको छ ।

धेरै प्रश्नका बावजुद बुधबार सार्वजनिक आयोगको प्रतिवेदनले जेन–जी आन्दोलनको मैदानमा संगठित रूपमा भूमिका खेलेका ‘हामी नेपाल’ संस्थाका प्रमुख तथा रास्वापाका वर्तमान सांसद सुधन गुरुङको ‘कनेक्सन’को वास्तविकता खोजेको छैन ।

प्रतिवेदनअनुसार गुरुङले भदौ २३ गते जेन–जी आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा स्वीकृतिका लागि निवेदन र आन्दोलनका दुवै दिन सुरक्षा प्रमुखहरूसँग धेरैपटक सम्पर्क गरेका भेटिएको छ ।

प्रतिवेदनअनुसार आन्दोलनमा युवाहरूलाई उतार्न पनि उनले डिस्कर्डमा व्यापक छलफल चलाएका थिए । जहाँ पेट्रोल बम बनाउनेदेखि निजी र सरकारी कार्यालय जलाउनेसम्मका योजनाबारे कुराकानी भएको पाइएको छ । यद्यपि, उनले अर्को समूहले अराजक गतिविधि गर्ने तयारी गरेकोबारे जानकारी आफूले प्रहरीलाई दिएको बताएका छन् ।

आन्दोलनमा हामी नेपाल संस्थाको योजनाबद्ध सहभागिता रहेको कुरा गुरुङले बयानमै स्पष्ट पारेका छन् । उनले प्रत्येक २० जना प्रदर्शनकारीको समूहमा उक्त संस्थाबाट एकजना लिडर सहभागी गराएको पनि उल्लेख गरेका छन् ।

यसका साथै, उनले रक्षा बम नेतृत्वको समूहलाई आन्दोलन तपाईंहरूको होइन भनेर भदौ २३ गते माइतीघरमा भनेकोसमेत आयोगलाई दिएको बयानमा उल्लेख छ ।

भदौ २४ गतेको आन्दोलनमा विध्वंश मच्चाएको साँझ नै प्रधानसेनापति अशोक सिग्देलका सचिवालयबाट बोलाएपछि त्यहाँ गएको पनि उनको भनाइ छ । गुरुङले २३ गते र २४ गते आन्दोलनकारीलाई सहयोग गर्ने, संयमित बनाउने, उपचारमा सहयोग गर्ने लगायत काम गरेको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आश्चर्यजनक फोन सम्पर्क

सुधन गुरुङ आफ्नो संस्थागत उद्देश्यअनुसारको कामबाहेक विगतमा सुशासन, रुपान्तरण वा कुनै नामको राजनीतिक आन्दोलनको नेतृत्वको हिसाबले परिचित थिएनन् । उनी जेन-जी आन्दोलनको पहिलो दिन पनि आफू हामी नेपालकातर्फबाट माइतीघरमा पानी बाँड्न मात्रै आएको बताइरहेका थिए। तर, जेन–जी आन्दोलनका ती दुई दिन उनले नेपालको सुरक्षा निकायका उच्च नेतृत्वसँग अत्यन्तै घनिभूत सम्पर्क गरेको देखिएको छ, जसलाई शंकास्पद मानिएको छ ।

प्रतिवेदनअनुसार गुरुङको भदौ २४ गते प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग ४२ पटक, प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीसँग २ पटक, डीआईजी ओम रानासँग भदौ २३ र २४ गते ५३ पटक, आईजीपी दानबहादुर कार्कीसँग १४ पटक र डीएसपी सुन्दर तिवारीसँग ४ पटक मोबाइल सम्पर्क भएको थियो । उता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग पनि उनले ६ पटक फोन सम्पर्क गरेका थिए ।

त्यस्तै, उनले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग ४ पटक, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग १ पटक र एआईजीपी सिद्धिबिक्रम शाहसँग ३० पटक कुराकानी गरेका थिए ।

आयोगको प्रतिवेदनमा दुवै प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक लगायत धेरैले आन्दोलनका दुई दिनमा को–को सँग, कति सम्पर्क गरेका थिए भन्ने तथ्यांक पनि उल्लेख छ । तर, आयोगले फोन सम्पर्क भएका व्यक्ति र संख्या उल्लेख गरे पनि कुराकानीबारे केही उल्लेख गरेको छैन ।

खान सरको विश्लेषण र आशंका

युट्युबमा खान सरले परिचित भारतीय विश्लेषक फैसल खानले राज सामनीसँग पोडकास्टमा बोल्दै बंगलादेश र नेपालमा भएको जेन–जी आन्दोलनको विषयमा केहीअघि रोचक विश्लेषण गरेका छन् ।

खानले दुवै देशमा अमेरिकी खुफिया एजेन्सीले योजनाबद्ध रूपमा आन्दोलन गराएको उल्लेख गरेका छन् । यद्यपि, उनी शिक्षक र विश्लेषकका रूपमा परिचित छन् ।

पोडकास्टमा प्रस्तोताले खानलाई ‘के लाग्छ तपाईंलाई, बंगलादेश र नेपालमा जे भयो ?’ भनेर सोध्छन् । त्यसको जवाफमा खान सरले बिल्कुल भन्दै जवाफ दिएर विश्लेषण प्रस्तुत गर्छन् ।

‘एकदम इजिली बात है, शेख हसिना बौन थी, (फेरि प्रश्न : कौन थी ?) बेकुफ लड्की पूरा औरत, उसको देखराए कि उसको सारा क्याम्पिङ उसको खिलाफ जारहथा, तो टेलिग्रामको बैन कर्ना चाहिए, श्रीलंकावाला भी पागल था, उसका सारा खिलाफ जा रहा था फेसबुक पे, बैन कर्ना चाहिए । हम सुरु से बोलते है, सोसल मिडिया अपना होन चाहिए’, सर खानले भनेका छन् ।

उनले बंगलादेशको घटनाको विषयमा भनेका छन्, ‘यिन लोगोँको पता नै चल रहाथा, जब तक पता चला, तब तक देर होगई, कित्ने लोगोँ ने ल्याया ? कुछ नै लेके आया था, टप सेनापतिको मिलाया हुवाथा पैसे दे के, कि आपको गोली नै चलाना है, कुछ भी हो जाए गोली नै चलाना है, लिडर अफ अपोजिसनको कहाथा स्टुडेन्टको लेके जाना है, स्टुडेन्टको कहा था कि गोली नै चलाएगी, फिक्स वाला पुलिस मिले हुए थी कि आपको स्टुडेन्टको सर पे गोली मार्ना है ।’

फेरि नेपालको सन्दर्भमा कार्यक्रम प्रस्तोताले नेपालको सन्दर्भ के हो भन्दा सोही प्रकृतिको रहेको जवाफ दिएका छन् । यसका साथै, नेपालमा जेनजी आन्दोलन गराएर के फाइदा भयो सीआईएलाई भन्ने सन्दर्भमा सर खानले तत्कालीन सरकार चीनको पक्षमा चलेकाले त्यसलाई पल्टाइदिएको बताएका छन् ।

सुदनको कनेक्सनबारे प्रतिवेदन मौन

सुधन गुरुङ जेनजी पुस्ताका युवा वा अभियन्ता थिएनन् । तर, उनले पनि हामी नेपालसंस्थाको तर्फबाट भदौ २३ गतेको आन्दोलनका लागि शान्तिपूर्ण प्रदर्शन गर्न काठमाडौं प्रशासनबाट अनुमति लिएका थिए ।

जेन–जी आन्दोलन हुने दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनको संस्थालाई किन प्रदर्शनको स्वीकृति दिएको थियो भन्नेबारे प्रतिवेदनमा केही उल्लेख छैन ।

आयोगसमक्ष अमृत शर्मा बजगाईंले जेन–जीको नाममा अरुले आतंक मच्चाएको भन्दै सुधनको भूमिकामाथि आयोगले निष्पक्ष छानबिन गर्न माग गरेका छन् । त्यस्तै, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पनि सुधनको भूमिका के हो स्पष्ट पारियोस् भन्दै माग गरेको प्रतिवेदनमा उल्लेख छ । एमाले नेता डोरमणि पौडलेले आयोगसमक्ष बयानमा पनि त्यही कुरा भनेका छन् ।

आयोगले लामो ब्याख्या गर्दै तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुख लगायतका व्यक्तिलाई कारबाही गर्न सिफारिस गरेको छ । यसका अतिरिक्त, आयोगले भदौ २३ गतेको आन्दोलनलाई उत्तेजित बनाउने टिब्बेटियन ओरिजिन ब्लड (टीओबी)ग्रुपलाई कारबाही गर्न सिफारिस गरेको छ ।

तर, आयोगले टीओबी ग्रुपलाई बानेश्वरसम्म त्यसरी ल्याउने योजना कसरी बन्यो ? कसले बनायो ? कुन–कुन विद्यालयबाट विद्यार्थी ल्याउन कसले योजना बनायो ? कसले नेतृत्व गरेर ल्यायो ?

भदौ २४ गते रसयानयुक्त ज्वलनशील पदार्थ र पेट्रोल बम क–कसले मिलेर कहाँ कहाँ बसेर बनाए ? त्यसको नेतृत्व कसले गर्यो ? लगायत धेरै विषयमा प्रतिवेदनमा स्पष्ट उल्लेख गरेको छैन ?

जसले गर्दा आयोगको प्रतिवेदनले जेन–जी आन्दोलनको न्यायीक निरुपण गर्न र वास्तविकता रोक्न नै कतै काम गर्न खोजिरहेको त छैन भन्ने आशंका पैदा गरेको छ । अर्कातिर भदौ २३ गतेबारे विस्तृत वर्णन गरेको आयोग २४ भदौमा पस्नबाट समय नभएको भन्दै पन्छिएको छ ।

सम्बन्धित समाचार :

देउवाको बयान : मेरो घरमा पैसा भेटिएको भनिएको भिडियो ‘एआई जेनेरेटेड’ हुनुपर्छ

हाम्रो पार्टीले जेन-जी आन्दोलनलाई समर्थन गरेपनि हिंसात्मक गतिविधिमा संलग्नता छैन : प्रचण्ड

बालेनको बयान : तत्कालीन सरकारले आतंकवादी क्रियाकलाप गर्‍यो, जेन-जी आन्दोलनलाई मेरो समर्थन थिएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

आयोगसँग नख्खुका जेलरको बयान : रवि लामिछाने हुलहुज्जत गर्दै जेल तोडेर भागेका हुन्

आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘चुप लागेर’ बस्यो

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

तत्कालीन गृहसचिव दुवाडीको बयान : रविलाई जेलबाट निकाल्न पत्र लेखेको होइन, त्यो मेरो क्षेत्राधिकारमा पर्दैन

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

रमेश लेखकको बयान : गोली चलाउन होइन, आन्दोलनकारीहरूको उद्धार गर्न आदेश दिएको थिएँ

पूर्वप्रधानमन्त्री खनाल पत्नीको प्रश्न- के छ भन्ने थाह नभई कसरी यहीँ कम्प्यटुर फुटाएर हार्डडिस्क लान्छ ?

दिलभूषणलाई जाँचबुझ आयोगको प्रश्न : हिल्टन होटल जल्नुमा तपाईंको भिडियो रिपोर्ट मुख्य कारण हो भनिन्छ नि ?

आन्दोलनकारीको आगजनीबाट घाइते भएकी गीताको बयान : प्रहरीलाई बचाउन खोज्दा आफै जलेँ

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ७ : ११ बजे

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने