आज २०८३ साल वैशाख १३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख १३ गते आइतबारको राशिफल


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख १३ गते आइतबार। वैशाख शुक्ल पक्षको दशमी तिथि । विश्व बौद्धिक सम्पत्ति दिवस । तदनुसार सन् २०२६ अप्रिल २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज धन लाभ हुने दिन छ । स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ । सेवाको अवसर मिल्नेछ । गोपनीयता भंग गरेमा घाटा हुनेछ ।

वृष : साना कुराले मन अशान्त बन्नेछ । गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । परिवारमा सुखशान्ति मिल्नेछ ।

मिथुन : धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ । सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । व्यापारमा भने फाइदा हुनेछ ।

कर्कट : धनलक्ष्मी योग परेको छ । धन बढ्ने देखिन्छ । स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह मिल्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । राजनीतिक व्यक्तिसँग सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सिंह : दिन राम्रो छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । यात्रा अगाडि सोच विचार गर्नु राम्रो हुनेछ ।

कन्या : शुभ दिन छ । व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ । खानपानमा समस्या हुनसक्छ । परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । मिहिनेतको फल मिल्नेछ ।

तुला : शिक्षा क्षेत्रको लगानीले उत्साह मिल्नेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको तर्फबाट उचित सुझाव प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ ।

वृश्चिक : असल व्यक्तिसँग भेट हुनेछ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । गोप्य योजना सुरुमा परिवारभित्र सार्वजनिक गर्दा ठुलो घाटा हुनेछ ।

धनु : दिन सामान्य छ । आजको दिन शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखयम बित्नेछ । श्रमको मूल्य मिल्नेछ ।

मकर : लगानीका क्षेत्रमा फाइदा हुनेछ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ । परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ ।

कुम्भ : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । अरुका कुरा थोरै सुनेर आफ्नो काम गर्नु उचित हुनेछ । परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । व्यापारमा फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : व्यवहार गर्दा सचेत बन्नु उचित हुन्छ । गुम्न लागेको धन प्राप्त हुनेछ । दाजुभाइबाट भन्दा सहकर्मीबाट उचित सल्लाह पाउने योग छ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो छ । बिहान उठेर पिपलको परिक्रमा मात्र गरेमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : १५ बजे

बजेट खर्चमा लुम्बिनी सरकार कमजोर, खर्च प्रगति ४० प्रतिशतभन्दा कम

सिद्धार्थनगर– चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना