बत्तीको भरमा गैरीगाउँ–सिनामङ्गलका टहरा भत्काइयो « Khabarhub

बत्तीको भरमा गैरीगाउँ–सिनामङ्गलका टहरा भत्काइयो


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ–सिनामङ्गलमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा बत्तीको भरमा भत्काइएको छ । यो क्षेत्रमा घरटहरा भत्काउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

काठमाडौँ–९ गैरीगाउँको सुकुम्वासी बस्ती खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएर टोली सिनामङ्गलस्थित सुकुम्वासी बस्ती हताइएको हो ।

सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान शनिबार बिहानदेखि तीव्र बनाइएको हो । शनिबार दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

सिनामङ्गलस्थित सुकुम्वासी बस्तीका साना घरटहरा भत्काइसकेर ठूला घर भत्काइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार काठमाडौँको शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३ र गोठाटारमा ७७ सुकुम्वासीका नाममा घरटहरा निर्माण गरिएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैध रूपमा निर्माण गरिएका संरचना हटाएर ती ठाउँमा बसोबास गर्दै आएका नागरिकका सरसामन हटाउन र अन्यत्र लैजान सहयोग गरिरहेका छन् ।
राति नै मनोहरा खोला किनारको बस्ती हटाउन पुगेका सुरक्षाकर्मीमाथि भने आक्रमण हुँदा २२ जना घाइते भएका छन् । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ५ : ५५ बजे

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी

काठमाडौँ– फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा

आज २०८३ साल जेठ ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३० गते शनिबार अधिक जेठ

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट