सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते « Khabarhub

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । शनिबार साँझ परेपछि सुकुम्वासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्वासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार भएको जानकारी दिए ।

उनले भने, “मनोहराका ८० प्रतिशत सुकुम्वासीले दिउँसै सामान लगिसकेका थिए, थापाथली र ग्रैह्रीगाउँको सुकुम्वासी बस्ती हटाएर डोजरसहितको टोली मनोहरा ल्याएपछि यहाँका संरचना भत्काउन थालिएको हो, प्रहरीले कुनै बल प्रयोग नगरी सामान सार्नेलाई सहयोग गर्दै घर भत्काउने क्रम सुरु भयो, पक्की घर भत्काउने क्रममा रातिको समयमा सुरक्षाकर्मीमाथि एकसाथ ढुङ्गा, इँटा र बोतल प्रहार भयो ।”

आक्रमणमा परी मध्यपुरथिमि प्रहरी बृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ प्रहरी घाइते भएका छन् ।

त्यसैगरी, आक्रमणमा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । आइतबार बिहानैदेखि फेरि संरचना भत्काइने उनको भनाइ छ ।

मनोहरा सुकुम्वासी बस्तीमा ७७७ घरटहरा रहेका छन् । बस्तीका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घर भाडामा लगाइएका छन्, यहाँ सुरुमै टहरा बनाएर एक समूहले तीन लाखदेखि सात लाखसम्म तथा पक्की घर १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी पनि टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामीजस्ता सुकुम्वासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।”

सुकुम्वासी बस्तीका बासिन्दासँग भाडा उठाउन कही व्यक्ति नियमित आउने गरेका बताइएको छ । बस्तीका धेरैले भाडा तिर्ने गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : ०० बजे

बजेट खर्चमा लुम्बिनी सरकार कमजोर, खर्च प्रगति ४० प्रतिशतभन्दा कम

सिद्धार्थनगर– चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना