ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ « Khabarhub

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’ समारोहमा तनाव भएको छ । सुरक्षा खतरा उत्पन्न भएपछि ट्रम्पलाई तत्काल सुरक्षित स्थानतर्फ लगिएको छ। राष्ट्रपति ट्रम्पलाई मञ्चबाट हतार-हतार बाहिर निकालिए लगत्तै सुरक्षा निकायले शंकास्पद ‘सुटर’ लाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।

घटनापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘सुटर’ पक्राउ परेको पुष्टि गरेका छन्। वार्षिक रूपमा आयोजना हुने यो प्रतिष्ठित पत्रकार सम्मेलन र रात्रिभोज कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिरहँदा अचानक सुरक्षा अधिकारीले ट्रम्पलाई घेरेर सुरक्षित स्थानतर्फ लगेका थिए।

घटनाका कारण केही समय समारोहस्थलमा अन्योल र त्रासको वातावरण बनेको थियो। सुरक्षाकर्मीहरूले उक्त क्षेत्रलाई तत्कालै घेरा हाली थप अनुसन्धान सुरु गरेका छन्।

अकस्मात शंकास्पद गोली चलेको आवाज सुनिएपछि राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसबाट सुरक्षाकर्मीले सुरक्षित स्थानमा लगेका हुन् । ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का सदस्य सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तस्बिर बिबिसी

यो घटनापटि ट्रम्पले आक्रमणकारी गिरफ्तार भएको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘उनीहरूले द्रुत र साहसका साथ काम गरे ।’ आक्रमणकारीलाई पक्राउ गरिएको र कार्यक्रम जारी राख्न सुझाव दिएको छु ।

राष्ट्रपतिले कानून प्रवर्तन निकायको अनुरोधमा आफू ह्वाइट हाउस फर्किरहेको र चाँडै नै पत्रकार सम्मेलन गर्ने बताएका हुन् । ट्रम्पले ३० दिनभित्र रात्रिभोजको तालिका परिवर्तन हुनेसमेत बताएका छन्।

पक्राउ परेका व्यक्तिको पहिचान र उनको उद्देश्यबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : २२ बजे

कांग्रेसको नीति, अनसुन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलाञ्चोक– महाभारत गाउँपालिका– ६ का ७१ परिवारलाई ६ हजार ८००

बालेनका सल्लाहकार भन्छन्- जनताको भरोसा नै हाम्रो पहिचान हो

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले जनताको

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित