ट्रम्प सहभागी डिनरमा गोली चल्दा युद्धग्रस्त क्षेत्र जस्तै देखियो वासिङ्टन हिल्टन आसपास « Khabarhub

ट्रम्प सहभागी डिनरमा गोली चल्दा युद्धग्रस्त क्षेत्र जस्तै देखियो वासिङ्टन हिल्टन आसपास


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – होटल बाहिरको सडक दर्जनौँ प्रहरी गाडी र सुरक्षा सवारीले भरिएको छ। पुलिसका गाडीले सडक बन्द गरेका छन् भने आकाशमा हेलिकप्टरले गस्ती गरिरहेका छन्। विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि होटल बाहिर क्यामरासहित उभिएर घटनाको प्रत्यक्ष प्रसारण गरिरहेका छन्।

भित्र कार्यक्रम चल्दाचल्दै गोली चलेपछि सुरक्षा निकायले हल खाली गराएको थियो। राष्ट्रपति ट्रम्पले आफू सुरक्षित रहेको र सुटर पक्राउ परेको जानकारी दिइसके पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पूरै क्षेत्रलाई अहिले सिल गरिएको छ।

घटनालगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकेड कडा सुरक्षाका बीच ह्वाइट हाउसतर्फ प्रस्थान गरेको छ।

अहिले होटल बाहिरको दृश्य निकै तनावपूर्ण र भावुक देखिएको छ। होटलबाट बाहिरिने क्रममा जताततै ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मीको उपस्थिति छ। होटल बाहिर निषेधित क्षेत्र घोषित गरिएको छ । सर्वसाधारण र सहभागीलाई सुरक्षित दूरीमा राखिएको छ। त्यहाँ भेला भएका मानिसहरू आफ्ना आफन्त र साथीभाइ सुरक्षित भए नभएको सोधखोज गर्दै अंकमाल गरिरहेका छन्।

तस्बिर बिबिसी भिडियो फुटेज

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ७ : ५४ बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली