जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा « Khabarhub

जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

टोकियो‍‍‍– जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ । 

जापानमा भेन्डिङ मेसिनहरू अत्यन्तै सामान्य छन्‌—यी पोस्ट अफिस, पार्क, रेल स्टेसन, सडक किनार मात्र होइन, माउन्ट फुलजीजस्ता दुर्गम स्थानहरूमा समेत पाइन्छन् । तर अहिले उपभोक्ताको खर्च गर्ने व्यवहार बदलिँदै जाँदा यो व्यवसाय दबाबमा परेको छ ।

भेन्डिङ मेसिन एउटा स्वचालित यन्त्र हो, जसबाट मानिसले पैसा (नगद वा डिजिटल भुक्तानी) राखेर आफूलाई चाहिएको सामान तुरुन्त प्राप्त गर्न सक्छन् ।

यसमा सामान्यतया पेय पदार्थ, स्न्याक्स, चुरोट, खाना वा अन्य साना सामानहरू राखिएका हुन्छन् । ग्राहकले मेसिनमा पैसा हालेर वा कार्ड/मोबाइलबाट भुक्तानी गरेर बटन थिचेपछि सम्बन्धित वस्तु बाहिर निस्किन्छ ।

यसको मुख्य विशेषता भनेको मानव विक्रेता बिना २४ घण्टा नै सेवा दिन सक्नु हो । पछिल्ला वर्षहरूमा जापानमा जीवनयापन खर्च बढेको छ, जसले पेय पदार्थ उद्योगमा प्रत्यक्ष असर पारेको छ । इन्धन, ढुवानी, विद्युत् र मर्मत खर्च बढ्दा भेन्डिङ मेसिन सञ्चालन महँगो भएको छ ।

साथै, मेसिनहरूमा सामान भर्ने, मर्मत गर्ने र व्यवस्थापन गर्ने जनशक्तिको खर्च पनि बढेको छ । यी सबै कारणले कम्पनीहरूको नाफा घट्दै गएको छ ।

यसै क्रममा ठूला कम्पनीहरूले आफ्ना भेन्डिङ मेसिन नेटवर्क पुनर्गठन गर्न थालेका छन् । केही कम्पनीहरूले हजारौँ मेसिन हटाउने निर्णय गरेका छन् भने केहीले आफ्नो भेन्डिङ व्यवसाय नै बिक्री गर्ने तयारी गरेका छन् । कम्पनीहरूको मुख्य समस्या भनेको बढ्दो लागतका कारण पुरानो ‘सूची मूल्यमा बिक्री गर्ने’ मोडेल अब लाभदायक नहुनु हो ।

उपभोक्ताहरू पनि परिवर्तन हुँदै गएका छन् । पहिले सजिलो र तुरुन्त उपलब्ध हुने भएकाले भेन्डिङ मेसिन लोकप्रिय थियो, तर अहिले मूल्य बढेपछि धेरै मानिसहरू सुपरमार्केट, कन्भिनियन्स स्टोर वा औषधि पसलहरूमा पाइने सस्तो पेय पदार्थ रोज्न थालेका छन् । उदाहरणका लागि, भेन्डिङ मेसिनबाट पानी पनि तुलनात्मक रूपमा महँगो पर्ने भएकाले उपभोक्ताहरू अन्य विकल्पतर्फ आकर्षित भइरहेका छन् ।

साथै, वातावरणीय चेतनाको वृद्धि पनि अर्को कारण हो । केही मानिसहरूले एकपटक प्रयोग हुने प्लास्टिक बोतल वा क्यान कम गर्न आफ्नै पुनःप्रयोग गर्न मिल्ने बोतल बोकेर हिँड्न थालेका छन्, जसले भेन्डिङ मेसिनको बिक्रीमा थप असर पारेको छ ।

यद्यपि विशेषज्ञहरूका अनुसार भेन्डिङ मेसिन पूर्ण रूपमा हराउने सम्भावना छैन । जापानमा यसको सबैभन्दा ठूलो विशेषता भनेको सुविधा लगभग जुनसुकै ठाउँमा छोटो दूरीमै मेसिन भेटिन्छ, जुन सुविधा अन्य माध्यमले सजिलै प्रतिस्थापन गर्न सक्दैन ।

तर भविष्यमा कम्पनीहरूले नाफा बचाउनका लागि कम स्थानमा, बढी रणनीतिक र उच्च माग भएका क्षेत्रमा मात्र मेसिन राख्ने प्रवृत्ति बढ्ने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १२ : ५८ बजे

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

बुल्गेरियन गायिका दाराले जितिन् युरोभिजनको उपाधि : बेलायती ब्यान्डको फितलो प्रदर्शन

लन्डन – बुल्गेरियन पप गायिका दाराले यो वर्षको चर्चित गायन

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल