कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै « Khabarhub

कांग्रेसले सोमबार दलको नेता छान्दै, सर्वसम्मत नभए निर्वाचनमा लगिँदै


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरूले त्यसबारे छलफल गरेका छन् ।

छलफलबाट सम्भव भएसम्म सोमबार सर्वसम्मतिबाट नभए निर्वाचन प्रकृयाबाट दलको नेता चयन गरिने भएको हो ।

‘दलको नेता चयनका लागि हामीले छलफल गर्यौँ । भोलि बिहान ९ बजेबाटै आकांक्षीको नाम दर्ता लगायत प्रक्रिया हुन्छ । सर्वसम्मत वा निर्वाचन जे हुन्छ, भोलि हुन्छ,’ कांग्रेस सांसद भरतबहादुर खड्काले बताए ।

छलफलमा संसदीय मामिला अध्ययन तथा कानुनी विषयमा संसद् समन्वय बोर्ड बनाउने निर्णयमेत गरिएको उनले बताए ।

‘संसदीय मामिला अध्ययन तथा कानुनसँग सम्बन्धित रहेर संसद् विषय विज्ञसहितको समन्वय बोर्ड गठनबारे कार्यसम्पादन समितिलाई सुझाव पठाएका छौँ,’ उनले भने । त्यसबारे कार्यसम्पादन समिति बैठकबाट टुंगो लाग्ने उनले बताए ।

प्रतिनिधि सभामा पुगेका ६ मध्ये नेपाली कांग्रेसले मात्रै सरकार गठनको महिना बित्दा पनि दलको नेता चयन गर्न सकेको छैन ।

यसका लागि ११ वैशाखमा निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको थियो ।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धी हुन ।

दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक तथा सह–महामन्त्री प्रकाश रसाइली स्नेहीले प्रक्रिया अघि बढेको बताए ।

कार्यतालिका अघि बढाए पनि कांग्रेसले दलको नेता सहमतिमै टुंग्याउनेगरी छलफल गरिरहेको छ । तर सहमति नजुटे निर्वाचनलगत्तै मतगणना गरेर नजिता घोषणा गर्ने तयारी छ ।

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन । तीमध्ये दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यको मुख्य चर्चा छ ।

कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व हुने व्यवस्था छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : १८ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर