बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना « Khabarhub

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १० बजेदेखि डोजर चलाइएको छ । डोजर परिचालन भएसँगै त्यहाँ रहेका टहरा, पसल तथा अस्थायी संरचना हटाउने काम सुरु गरिएको हो ।

बुटवल उपमहानगरपालिकाले उच्च अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फ रहेको सरकारी जग्गा खाली गराउने अभियान अघि बढाएको जनाएको छ । डोजर चल्ने सूचना पाएपछि बिहानैदेखि व्यवसायी तथा संरचना बनाएकाहरू सामान सार्न र स्थान खाली गर्न व्यस्त देखिएका थिए ।

उक्त क्षेत्रमा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन निर्माण गरी सरकारी जग्गा उपयोग हुँदै आएको बताइएको छ । उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र हटाएर सार्वजनिक सम्पत्ति संरक्षण गर्ने उद्देश्यले अभियान सुरु गरेको जनाएको छ ।

लामो समयदेखि अतिक्रमणमा परेको अदालतको जग्गा संरक्षणका लागि यसअघि पनि पटक–पटक प्रयास भएपनि कार्यान्वयन हुन सकेको थिएन । यसपटक भने बिहानैदेखि डोजर परिचालन भएपछि क्षेत्रमा चहलपहल बढेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  १ : ५५ बजे

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा