झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि… « Khabarhub

झापा हिँडेकी रचना सवार जहाज जनकपुर पुगेपछि…


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंबाट झापा जान गायिका रचना रिमाल चढेको विमान जनकपुरमा अवतरण भएको छ ।

मौसमको खराबीका कारण विमान डाइभर्ट गरी जनकपुरमा अवतरण गरिएको हो । रचना आइतबार झापा जान बुद्ध एयरको विमान चढेकी थिइन् ।

दोस्रो प्रयासमा पनि झापा पुग्न नपाएपछि उनले सामाजिक सञ्जालबाटै यसबारे जानकारी दिएकी हुन् ।

शनिबार पनि उनी झापा पुग्न पाइनन् । शनिबार दिउँसो २ बजे उडेको विमान केही समयमै काठमाडौंंमै फर्किएको थियो । उक्त घटना पनि उनले सेयर गरेकी छन् ।

उनले लेखेकी छन्, ‘हिजो झापा जाँदै गरेको गर्दा मौसम खराबीका कारण उडेको केही समयपछि प्लेन काठमाडौंमा फर्कियो ।’

दुई दिन नै मौसमले साथ नदिँदा झापा समयमा पुग्न नपाएको उनले बताएकी छन् ।

आजको घटनाबारे उनले भनेकी छन्, ‘बिहान ५ बजे नै उठेर हिँडेको जनकपुर पो आइपुगियो ।’

विमानस्थल परिसरबाट उनले भिडियो पनि सार्वजनिक गरेकी छन् । अब सडकमार्गबाट झापा पुग्ने बताएकी छन् ।

उनको भिडियोमा पानी परिरहेको र बिहान ९ बजे नै साँझको अँध्यारो जस्तो देखिन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  २ : २८ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’