गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु « Khabarhub

गल्छी–रसुवागढी सडकका अतिक्रमण हटाउन सुरु


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिशूली (नुवाकोट)- गल्छी–रसुवागढी सडक योजनाको कार्यालय मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ । सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो ।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुवेंशी रसुवागढी सडक योजना कार्यालयका प्रमुख कृष्णराज ओझाका अनुसार सडक पहुँचभित्रका संरचनाको नियमअनुसार क्षतिपूर्ति लिएर हटाउने सहमति भए पनि त्यसको पालना नगर्नेका संरचना भत्काउन थालिएको हो । ती संरचनामा ८६ वटा व्यक्तिगत घरटहरासहित एक दर्जन सरकारी कार्यालय तथा सङ्घसंस्थाका संरचना रहेका छन् ।

विदुर नगरपालिकाको सहयोगमा शनिबारदेखि जिल्लाको मुख्य बजार क्षेत्रमा पर्ने ढुङ्गे, विदुर, बट्टारका अतिक्रमति संरचना भत्काउन थालिएको कार्यालय प्रमुख ओझाले बताए । तीन दिनभित्र जिल्लाभित्रका संरचना भत्काइसक्ने लक्ष्य रहेको उनले जानकारी दिए । कार्यालय प्रमुख ओझाले भने, “सडक पहुँच क्षेत्रका संरचना खाली नहुँदा अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको सडकको का रोकिएको छ । केही दिनभित्रै ‘साइट क्लियर’ गरेर निर्माण व्यवसायीलाई काम थाल्न निर्देशन दिनेछौँ ।”

धादिङको गल्छीबाट नुवाकोटको विदुर हुँदै चीनसँग जोडिएको रसुवागढी नाका पुग्ने यस सडकलाई राष्ट्रिय प्राथमिकताप्राप्त गौरवको आयोजनाका रूपमा विस्तार गर्न थालिएको छ । नुवाकोटको बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन ढिलाइ हुँदा १० वर्षसम्म पनि योजनाको काम अधुरै छ ।

विसं २०७२ मा नेपाल सरकार मन्त्रिपरिषद् बैठकले चीन, नेपाल र भारत गरी त्रिदेशीय राजमार्गका रूपमा काम अगाडि बढाउने निर्णय गरेको थियो । यसलाई सबैभन्दा छोटो दूरीको अन्तरराष्ट्रिय राजमार्गका रूपमा निर्माण गर्ने सरकारको योजना छ ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  २ : २६ बजे

११४ दिनदेखि बन्द काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुल्यो

काठमाडौं– काठमाडौं- समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटिमण्डपमा रहेका काठमाडौं उपत्यका

सरकारलाई घेर्दै कांग्रेसले उठायो १५ प्रश्न, वालेन्द्र शाह पाइला पाइलामा चुकेको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड

कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार

येन स्थिरतामा अमेरिकाको जोड

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान