हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण « Khabarhub

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्स सहभागी कार्यक्रममा भएको गोलीकाण्डले सन् १९८१ को ऐतिहासिक घटनालाई स्मरण गराएको छ।

यही होटल बाहिर सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनमाथि पनि गोली प्रहार गरिएको थियो।

३० मार्च १९८१ मा भएको उक्त घटनामा जोहन हिङ्‍क्ली जेआर. नामका व्यक्तिले राष्ट्रपति रिगन र उनीसँग रहेका अधिकारीहरूलाई लक्षित गर्दै गोली चलाएका थिए।

उक्त आक्रमणमा रिगनको छातीमा गोली लागेको थियो, तर शल्यक्रिया र उपचारपछि उनी बाँच्न सफल भएका थिए।

कार चढ्न लाग्दा आक्रमण

कार्यक्रम सकेर होटल बाहिर पार्क गरिएको लिमोजिन कारमा चढ्न लाग्दा रिगनमाथि अन्धाधुन्ध गोली चलाइएको थियो। आक्रमणमा तत्कालीन प्रेस सचिव जेम्स ब्र्याडी सहित अन्य तीनजना पनि घाइते भएका थिए।

१२ दिनपछि स्वस्थ भए

गोली लागेपछि रिगन करिब १२ दिन अस्पतालमा भर्ना भएका थिए। सफल शल्यक्रियापछि उनी पूर्ण रूपमा निको भएका थिए। पछि उनले १९८१ देखि १९८९ सम्म अमेरिकाको ४०औँ राष्ट्रपतिको रूपमा कार्यकाल पूरा गरे। उनको सन् २००४ जुनमा निधन भएको थियो।

फिल्मी शैलीकोक आक्रमण

रिपोर्टहरूका अनुसार, हमलावर हिङ्क्ली अभिनेत्री जोड्ई फोस्टरप्रति अत्यधिक आकर्षित थिए। उनले राष्ट्रपति हत्या गरे आफू चर्चामा आउने र अभिनेत्रीको ध्यान आकर्षित गर्ने विश्वास राखेका थिए।

तर फेरि आइतबार यही होटलमा राष्ट्रपति ट्रम्पको कार्यक्रममा भएको गोलीकाण्डले सुरक्षासम्बन्धी चिन्ता बढाएको छ। यता अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आयोजना गरेको डीनर कार्यक्रमममा गोली चलाउने युवक ३१ वर्षीय रहेको खुलेको छ।

बीबीसीको रिपोर्टअनुसार हमलामा संलग्नको पहिचान ३१ वर्षीय कोल टमस एलनका रूपमा भएको छ। उनी अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा हुन्।

सार्वजनिक अभिलेखअनुसार, एलन पार्ट-टाइम शिक्षक थिए । त्यस्तै उनी भिडियो गेम डेभलपर पनि रहेको खुलेको छ। एफबीआईले निकालेको उनको प्रोफाइलअनुसार उनी डिसेम्बर २०२४ मा ‘टिचर अफ द मन्थ’ पनि घोषित भएका थिए।

उनले सन् २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका खुलेको छ। गत वर्षमात्रै उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटी, डोमिङ्गुएज हिल्सबाट कम्प्युटर साइन्समा स्नातकोत्तर डिग्री हासिल गरेका थिए।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ३ : ०६ बजे

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

नयाँ दिल्ली- स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न

प्रियंकाको डेब्यू निर्माण ‘मास्टर्नी’ ८ भाषामा प्रदर्शनमा हुने

काठमाडौं – नायिका प्रियंका कार्कीको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’

नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको

बाँकेका १२ सामुदायिक वनमा डढेलो

नेपालगञ्ज– बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको