राहत तथा अस्थायी शिक्षकका रिक्त कोटा दरबन्दीमा रुपान्तरण गर्न माग « Khabarhub

राहत तथा अस्थायी शिक्षकका रिक्त कोटा दरबन्दीमा रुपान्तरण गर्न माग


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको छ ।  

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अनुभवका आधारमा विद्यमान जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र रिक्त रहेका राहत तथा अस्थायी कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी खुला प्रक्रियाबाट पदपूर्ति गर्न माग गरेको हो । 

त्यस्तै अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने, आगामी शिक्षा ऐनमार्फत विद्यमान समस्याहरू समाधान गर्नुपर्ने लगाएत उनीहरूको माग छ । 

पत्रकार सम्मेलनमा महासंघका संयोजक विष्णु खत्रीले आफ्ना मागका बारेमा पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि संघर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिए । विगत लामो समयदेखि आफूरुले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको तर सरकारले सम्बोधन नगरेको उनको भनाइ छ । 

उनले नेपाल शिक्षक महासंघले अस्थायी तथा राहत शिक्षक कर्मचारीहरूलाई बेवास्ता गरेसँगै आफूहरू छुट्टै महासंघ बनाउन बाध्य भएको उल्लेख गरे । 

त्यस्तै नेपाल राहत शिक्षक राष्ट्रिय समितिका संरक्षक खेमराज अधिकारीले वर्षौँदेखि राज्य तथा स्वयम शिक्षक महासंघबाटै अस्थायी शिक्षकहरू अपहेलित भएकाले अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूको छुट्टै महासंघ गठन गर्नुपरेको जानकारी दिए  । 

महासंघले दलगत गतिविधिमा पूर्ण असंलग्नता, ट्रेड युनियन अधिकारको रक्षा, गोल्डेन हेण्डसेकको व्यवस्था लगायतका १५ बुँदे घोषणापत्र समेत जारी गरेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ४ : ५८ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’