प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै « Khabarhub

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे इयू अन्तर्गत २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बुझिएको छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ६ : ११ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको