क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो « Khabarhub

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ (क्यान) प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ ।

परिषद्ले सोमबार पत्र काट्दै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरेको हो। राखेपको सङ्घसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईद्वारा हस्ताक्षरित पत्रअनुसार, २०८३ जेठ ११ गतेको निर्णयबमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको हो।

परिषद्ले २०८० चैत २९ गते लामालाई नेपाल क्रिकेट सङ्घको पदेन सदस्यका रूपमा मनोनयन गरी पठाएको थियो। नियुक्त भएको छोटो समयमै उनलाई फिर्ता बोलाइएको हो।

नेपाल क्रिकेट सङ्घको स्वीकृत विधान २०५५ (चौथो संशोधन २०८० सहित) को दफा ३ को उपदफा (४) को व्यवस्थाबमोजिम उनलाई जिम्मेवारीबाट हटाइएको राखेपले जनाएको छ।

यो निर्णयको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खेलकुद विकास विभाग र नेपाल क्रिकेट सङ्घलाई समेत दिइएको छ। लामालाई किन फिर्ता बोलाइएको हो भन्नेबारे पत्रमा स्पष्ट कारण भने खुलाइएको छैन छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ११ : २६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम