लेबनानमा इजरायली आक्रमण : १२ जनाको मृत्यु, ३ घाइते « Khabarhub

लेबनानमा इजरायली आक्रमण : १२ जनाको मृत्यु, ३ घाइते


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु  हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । यसैबीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्की पछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखाइएको छ । 

लेबनानको जनस्वास्थ्य मन्त्रालयको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च –२ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन् ।

अप्रिल –१६ देखि लागू भएको युद्धविराम सम्झौताको बाबजुद इजरायलले दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ ।  निरन्तरको आक्रमणका कारण बिग्रँदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाको बीचमा मे १५ मा दोस्रो पटक ४५ दिनका लागि  युद्धविराम विस्तार गरिएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १२ : ३४ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका