संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग « Khabarhub

संविधान संशोधनका लागि शक्तिशाली आयोग गठन गर्न कांग्रेसको माग


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन् । 

आयोगमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल नहुने धारणा राखे ।

वृहत राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सक्ने उल्लेख गरे  । 

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १२ : ५० बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको