संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ? « Khabarhub

संसद्‍बाट सरकारलाई प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न पाँचभन्दा धेरै सहकारीको अर्बौँ रुपैयाँ अपचलनपछि फरार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका साझेदार गितेन्द्रबाबु राई (जीबी) बारे संसद्मा प्रश्न उठेको छ।

रवि र जीबीले मिलेर सञ्चालन गरेको गोर्खा मिडिया नेट्वर्कका नाममा दुईजनासहितले अर्बौँ रुपैयाँ हिनामिना गरेको मुद्दा अहिले अदालतमा विचाराधीन छ।

उता कास्की जिल्ला अदालतमा रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट यी दुवैजनालाई राहत मिलिसकेको छ।

गम्भीर अपराधबाट चोख्याउने काम भइरहँदा सोमबार बसेको संसद् बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राईबारे सरकारलाई प्रश्न गरेका छन् । अहिले रास्वपाको शक्तिशाली सरकार रहेका बेला पनि जीबी पक्राउ पर्ने टुंगो नभएको बताउँदै उनले संसद्‍बाट प्रश्न गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकको शून्य समयमा सांसद राईले बोल्दै सहकारी ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने पनि बताए । तर रहातका नाममा सरकारी ढुकुटी रित्याउन नहुने पनि उनले बताएका छन् ।

राईले बाँदर व्यवस्थापनसहितका मुद्दा पनि आफ्ना भनाइ राखे । ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ?’, उनले सोधे, ‘जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?’

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १ : ०० बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको