प्रधानमन्त्री नेतान्याहुको चेतावनी- हिजबुल्लाहविरुद्ध इजरायलले आक्रमण तीव्र बनाउने « Khabarhub

प्रधानमन्त्री नेतान्याहुको चेतावनी- हिजबुल्लाहविरुद्ध इजरायलले आक्रमण तीव्र बनाउने


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानस्थित हिजबुल्लाह विरुद्ध सैन्य आक्रमण अझ तीव्र बनाइने घोषणा गरेका छन् । सोमबार साँझ भिडियो सन्देशमार्फत उनले इजरायल ‘हिजबुल्लाहसँग युद्धको अवस्थामा रहेको’ भन्दै सेनालाई ‘निर्णायक प्रहार गर्न’ निर्देशन दिइएको बताएका हुन् ।

नेतन्याहुले हालसम्मको सैन्य कारबाहीमा हिजबुल्लाहका ६ सयभन्दा बढी लडाकु मारिएको दाबी गर्दै अब आक्रमणको दायरा र तीव्रता थप बढाइने बताएका छन् । इजरायलका दुई अतिदक्षिणपन्थी मन्त्री बेजालेल स्मोट्रिच र इतामार बेन गभिरले समेत बेरुतसम्म सैन्य अभियान विस्तार गर्न माग गरेका छन् ।

यसैबीच, इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण सुरु गरेको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार पूर्वी लेबनानको बेका उपत्यकासहित अन्य क्षेत्रमा हेजबुल्लाहका लक्ष्यमा प्रहार गरिएको हो।

इरान समर्थित शिया मुस्लिम सशस्त्र समूह हिजबुल्लाहले भने इजरायलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै जबाफी रूपमा २२ वटा ड्रोन तथा रकेट आक्रमण गरेको जनाएको छ । हेजबुल्लाहका अनुसार आक्रमणका लक्ष्य इजरायली सैनिक, ट्यांक, सैनिक ब्यारेक र भवनहरू रहेका थिए ।

यस महिनाको सुरुवातमा लेबनान र इजरायलबीच ४५ दिने युद्धविराम थप गर्ने सहमति भए पनि सीमावर्ती क्षेत्रमा हिंसा पूर्ण रूपमा रोकिएको छैन । आगामी साता अमेरिकाको वासिङ्टनमा दुवै पक्षबीच थप वार्ता हुने तयारी छ।

लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग गरेका छन् । युद्धविरामपछि पनि इजरायलले दक्षिणी लेबनानमा नियमित हवाई आक्रमण गर्दै आएको छ ।

सोमबार आक्रमण गरिएको बेका उपत्यका लेबनानको पूर्वी क्षेत्रमा सिरियाको सीमासँग जोडिएको रणनीतिक क्षेत्र हो । यसबीच, इरान सरकारले अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौतामा क्षेत्रीय युद्धका सबै मोर्चामा पूर्ण युद्धविराम समावेश हुनुपर्ने अडान दोहोर्याएको छ । तर इजरायल सरकारले हेजबुल्लाहविरुद्धको युद्ध अन्त्य गर्ने पक्षमा नरहेको संकेत दिएको छ ।

युद्धविरामपछि हालसम्म १० जना इजरायली सैनिक मारिएका छन् भने लेबनानमा इजरायली बमबारीका कारण ४ सयभन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । मृतकमध्ये स्वास्थ्यकर्मी र उद्धारकर्मीसमेत रहेका छन् ।

इजरायलले दक्षिणी लेबनानका नयाँ–नयाँ क्षेत्रमा बसोबास गर्ने नागरिकलाई घर छाड्न दैनिकजसो चेतावनी जारी गरिरहेको छ । यसले एक करोडभन्दा बढी जनसङ्ख्या भएको लेबनानमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो । त्यसपछि हेजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेको थियो । इजरायलले त्यसको जवाफमा लेबनानभर हवाई आक्रमण र स्थल सैन्य अभियान सञ्चालन गर्दै आएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणमा ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन् । लेबनान सरकारले हिजबुल्लाहलाई निःशस्त्रिकरण गर्ने प्रयास जारी राखे पनि त्यसका लागि स्थायी युद्धविराम आवश्यक रहेको बताएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १ : ३७ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै

खोटाङमा घरमै राहदानी वितरण सुरु

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

काठमाडौं– नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लागू

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत