खोटाङमा घरमै राहदानी वितरण सुरु « Khabarhub

खोटाङमा घरमै राहदानी वितरण सुरु


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ । 

सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरूको घरमै पुर्याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो । 

गत वैशाख १५ गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर–घरमा पुर्‍याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिएका छन् । 

‘राहदानीका लागि सेवाग्राहीको बायोमेट्रिक्स प्रणालीमार्फत विवरण संकलन गरेर विभाग पठाउँछौँ । त्यहाँबाट राहदानी छापिएर आएपछि रुजु गरेर हुलाकलाई जिम्मा दिन्छौँ’, उनले भने, ‘प्रशासन कार्यालयले जिम्मा दिएको राहदानी हुलाक कार्यालयले सेवाग्राहीको घर–घरमा पुर्‍याएर वितरण गर्छ । यसले सेवाग्राहीका लागि ठूलो राहत मिलेको छ ।’

सेवाग्राहीको घरमै पुर्याएर राहदानी वितरण गर्दा सेवाग्राहीले टिकटवापत प्रतिव्यक्ति रु ४५ जिल्ला हुलाक कार्यालयलाई बुझाउनुपर्ने प्रशासन कार्यालयले जनाएको छ । सेवाग्राहीले राहदानी प्राप्त गर्नका लागि टिकटवापत जिल्ला हुलाक कार्यालयलाई बुझाएको रकम राजस्वको रुपमा राज्यकोषमा जम्मा हुने जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले सोमबार जिम्मा दिएको राहदानी आजदेखि सम्बन्धित सेवाग्राहीको घर–घरमा पुर्‍याएर वितरण गरिने जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भू तामाङले जानकारी दिएका छन् । 

‘हामीले जिम्मा लिएको राहदानी सबै स्थानीय तहमा पठाएका छौँ । त्यहाँका जनप्रतिनिधिहरूको सहयोगमा सेवाग्राही पहिचान गरेर वितरण गर्छौँ’, उनले भने, ‘नजिकका सेवाग्राहीले आज र टाढाकाले भोलिदेखि पाउनुहुन्छ ।’

दश स्थानीय तह रहेको जिल्लामा एकजना सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय खोटाङ आउँदा-जाँदा कम्तिमा दुई हजार खर्च गर्नुपर्ने बाध्यता छ । नेपाल सरकारले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घर–घरमा राहदानी पुर्‍याएर वितरण गर्ने व्यवस्था मिलाएपछि उनीहरूको रकम बचत हुने भएको छ ।

राहदानी लिन आउँदा-जाँदाको समय र रकम दुवै बचत हुने भएपछि सेवाग्राही पनि हर्षित भएका छन् । जिल्लाको दुर्गम क्षेत्रका सेवाग्राहीहरू राहदानी लिन प्रशासन कार्यालय आउँदा-जाँदा तीन दिनसम्मको समय खर्च गर्नुपर्ने बाध्यता छ । 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  २ : ०५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका