प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलको अवरोधबीच चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि नियमित कार्यसूची प्रभावित भएको छ ।
 
सभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका सदस्यले आफ्नो आसनबाट उठेर विरोध सुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले ती दलका प्रतिनिधिलाई बोल्न दिएर नियमित कार्यसूची अघि बढाएका थिए ।
 
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सांसद अशोकुमार चौधरी, सुशील खड्का र जगदीश खरेलले भाग लिइरहँदासमेत विपक्षी दलको विरोध कायमै रह्यो ।

लगातार विरोध भएपछि सभामुख अर्यालले बैठक आजै १५ मिनेटका लागि स्थगन गरिएको हो।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ३ : २७ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्