परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने « Khabarhub

परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । 

कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको ‘मोफा मित्र’ नामक सो एप जेठ १२ गते मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा एपको औपचारिक शुभारम्भ गरिएको थियो ।

यस एपको सञ्चालनसँगै विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै विभाग वा विदेशस्थित नेपाली नियोगहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन् ।

यो प्रविधिले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिइएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ४ : ३० बजे

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले