एकैदिन विपद्का ४४ घटना, ३ जनाको मृत्यु, ११ घाइते  « Khabarhub

एकैदिन विपद्का ४४ घटना, ३ जनाको मृत्यु, ११ घाइते 


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४४ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार आगलागी, वन डढेलो, चट्याङ, बाढी, पहिरो, सर्पदंश तथा लेक लाग्ने घटनाहरू विभिन्न जिल्लामा भएका हुन् । 

सबैभन्दा बढी २२ वटा घटना हुरीबताससम्बन्धी रहेका छन् । हुरीबतासका घटनामा ३ जनाको मृत्यु भएको र ५ जना घाइते भएका छन् । यस्तै, आगलागीका ६, वन डढेलोका ७, चट्याङका १, बाढीका १, पहिरोका ३, सर्पदंशका ३ र लेक लाग्ने १ घटना भएका छन् ।

प्राधिकरणका अनुसार घटनाबाट ११ जना घाइते भएका छन् भने ११ वटा चौपायाको पनि क्षति भएको छ । विपद्का घटनाबाट करिब २५ लाख १६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको जनाइएको छ ।

बुलेटिनअनुसार हालसम्म ४८७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सडक अवरोधको कुनै घटना भने नभएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ५ : २६ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्