एकैदिन विपद्का ४४ घटना, ३ जनाको मृत्यु, ११ घाइते  « Khabarhub

एकैदिन विपद्का ४४ घटना, ३ जनाको मृत्यु, ११ घाइते 


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४४ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद् बुलेटिनअनुसार आगलागी, वन डढेलो, चट्याङ, बाढी, पहिरो, सर्पदंश तथा लेक लाग्ने घटनाहरू विभिन्न जिल्लामा भएका हुन् । 

सबैभन्दा बढी २२ वटा घटना हुरीबताससम्बन्धी रहेका छन् । हुरीबतासका घटनामा ३ जनाको मृत्यु भएको र ५ जना घाइते भएका छन् । यस्तै, आगलागीका ६, वन डढेलोका ७, चट्याङका १, बाढीका १, पहिरोका ३, सर्पदंशका ३ र लेक लाग्ने १ घटना भएका छन् ।

प्राधिकरणका अनुसार घटनाबाट ११ जना घाइते भएका छन् भने ११ वटा चौपायाको पनि क्षति भएको छ । विपद्का घटनाबाट करिब २५ लाख १६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको जनाइएको छ ।

बुलेटिनअनुसार हालसम्म ४८७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सडक अवरोधको कुनै घटना भने नभएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ५ : २६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत