रास्वपा महामन्त्रीले भने- प्रधानमन्त्री एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ « Khabarhub

रास्वपा महामन्त्रीले भने- प्रधानमन्त्री एक हप्ताभित्रै संसद्‌मा आउनुहुन्छ


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी सदनलाई गराएको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षी सांसदहरूले विरोध जनाएपछि रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाह एक साताभित्र सदनमा उपस्थित हुने जानकारी गराएका हुन् । 

संसदलाई सहज रुपमा अघि बढाउने सन्दर्भमा एक साताभित्र प्रधानमन्त्री आउने निश्चित भएको उनले बताए । 

बुर्लाकोटीले प्रधानमन्त्री आउने जानकारी गराएपछि नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्य व्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको आरोप लगाए । 

उनले संसद् सरकारको भजन गाउने थलो नभएको भन्दै सरकारलाई सदनप्रति उत्तरदायी बनाउने जिम्मेवारी पुरा गरेको बताए । 

त्यस्तै अन्य विपक्षी सांसदहरूले पनि प्रधानमन्त्री आउने जानकारी अनुसार सभामुखको कुर्सीबाट रुलिङको माग गरेका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री सदनमा आउने विषयमा रास्वपाबाट जानकारी प्राप्त भएकाले सहज रुपमा सदन अघि बढाउन आग्रह गरेका थिए । 

सभामुखको आग्रहपछि विपक्षी दलका सांसदहरूले सदनको अवरोध हटाएर विधेयकमाथिको छलफलमा भाग लिएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ५ : ५६ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो