वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर « Khabarhub

वरिष्ठ न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर, अवस्था गम्भीर


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको छ । न्याय सम्पादनको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका न्यायाधीश श्रेष्ठको गम्भीर अवस्थामा भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ ।

कठिन स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका श्रेष्ठको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गर्दै विभिन्न तहबाट शुभेच्छा व्यक्त भइरहेका छन् ।

यसैबीच, उनको जटिल उपचार प्रक्रियालाई मध्यनजर गर्दै न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रूपमा यथासक्य आर्थिक सहयोग गर्न न्यायपालिका अधिकृत समाजले हार्दिक अपिल गरेको छ ।

सहकर्मी तथा शुभेच्छुकहरूले न्यायाधीश श्रेष्ठको स्वास्थ्य अवस्थामा शीघ्र सुधार आउने विश्वास व्यक्त गर्दै मानवीय सहयोगमा सहभागी हुन आग्रह गरेका छन् ।

बोनम्यारो क्यान्सर के हो ?

बोनम्यारो अर्थात् शरीरभित्र हड्डीको बीचमा रहेको नरम भाग हो । यहाँ रगतका कोषिकाहरू उत्पादन हुन्छन् । यही भागमा असामान्य कोषिका अनियन्त्रित रूपमा बढ्न थालेपछि हुने रोगलाई बोनम्यारो क्यान्सर भनिन्छ ।

विशेषज्ञहरूका अनुसार बोनम्यारोमा समस्या देखिएपछि शरीरमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट उत्पादन प्रभावित हुन्छ । यसले शरीर कमजोर हुने, संक्रमण बढ्ने तथा रगत बग्ने जस्ता समस्या निम्त्याउँछ ।

यस रोगका सामान्य लक्षणमा अत्यधिक थकान, बारम्बार ज्वरो आउने, शरीरमा निलडाम देखिने, नाक वा गिजाबाट रगत बग्ने, हड्डी दुख्ने तथा तौल घट्दै जानु रहेका छन् ।

चिकित्सकहरूले रगत परीक्षण, बोनम्यारो बायोप्सी तथा अन्य प्रयोगशाला परीक्षणमार्फत रोग पहिचान गर्ने गर्छन् । रोगको अवस्था अनुसार किमोथेरापी, रेडियोथेरापी, लक्षित औषधि तथा बोनम्यारो ट्रान्सप्लान्टमार्फत उपचार गरिने चिकित्सकहरू बताउँछन् ।

यसैबीच, न्यायपालिका अधिकृत समाजले न्यायाधीश श्रेष्ठको स्वास्थ्योपचारमा सहयोग गर्न आह्वान गरेको छ । समाजका अनुसार तल दिइएको क्यूआरमा स्क्यान गरेर उनको उपचारमा सहयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ६ : ०१ बजे

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले