युद्धविराम कोसिसबीच अमेरिका, इरान र इजरायलले के भने ? « Khabarhub

युद्धविराम कोसिसबीच अमेरिका, इरान र इजरायलले के भने ?


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका, इरान र इजरायलको तनावबीच तीनै पक्षबाट महत्वपूर्ण भनाइहरू आएका छन्।

अमेरिकाले इरानसँगको वार्ता राम्रोसँग अघि बढिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता राम्रोसँग अघि बढिरहेको बताए

तर यदि सम्झौता भएन भने सैन्य कारबाही फेरि फेरि सुरु हुन सक्ने चेतावनी उनले दिएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता वार्ता केही शब्द र वाक्यांशमा अड्किएको बताए। उनले दुवै पक्षबीच ‘एक शब्द र एक लाइन’ को विषयमा मतभेद रहेको बताए।

उता इरानले अमेरिकासँग धेरै मुद्दामा सहमति भएको बताएको छ। इरानी विदेश मन्त्रालयले अमेरिकासँग धेरै मुद्दामा केही हदसम्म समझ बनेको तर अझै अन्तिम समझौतानजिक नभएको बताएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहम्मद बाघेर जोलदघरले अमेरिका र इजराइलविरुद्धको लडाइँमा इरान कदापि पछि नहट्ने बताएका छन्।

अर्कातिर इजरायलले सम्झौतानजिक पुग्दै गर्दा आक्रमण तीव्र पार्ने जनाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमला अझ तीव्र बनाउने बताए । उनले इरान समर्थित संगठन हिजबुल्लाहमाथि दबाब बढाउने बताएका छन्।

इरानको २४ अर्ब डलर रिलिजको माग

इरानले अमेरिकासँग सम्भावित समझौतामा २४ अर्ब डलरको जम्मा रकम छुट्याउन माग गरेको छ।

इरानी समाचार एजेन्सी तस्नीमका अनुसार, इरानी वार्ता टोलीसँग सम्बन्धित एक स्रोतले तेहरान सम्झौतामा हस्ताक्षर भएलगत्तै १२ अर्ब डलर रिलिज गर्न चाहेको जनाएको छ। बाँकी १२ अर्ब डलर अर्को ६० दिनभित्र दिनुपर्ने माग इरानले गरेको छ।

रिपोर्ट अनुसार इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफ कतार गएका छन्, जसले यो माग लागू गर्ने तरिकामा सहमति बनाउन खोजिरहेका छन्।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ५ : ५६ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६