अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै « Khabarhub

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन् । वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताए ।

नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७.३६ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । यो सङ्ख्या निरन्तर बढ्दो छ ।

उच्च रक्तचाप प्रभावित व्यक्तिमध्ये ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनभिज्ञ हुनु हो । विभिन्न उपायले उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै चारमध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको छ । दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनसमेत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ८ : ०७ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम