आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य « Khabarhub

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल च्यालेन्जर्स बेंगलुरुले विस्फोटक ब्याटिङ गर्दै गुजरात टाइटन्स सामु २५५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । धर्मशालास्थित एचपीसीए रंगशालामा गुजरात टाइटन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल स्कोर बनायो। यो आइपिएल प्लेअफ तथा नकआउट इतिहासकै सबैभन्दा ठूलो स्कोर हो । यसअघि यो कीर्तिमान गुजरात टाइटन्सकै नाममा थियो, जसले सन् २०२३ को क्वालिफायर–२ मा मुम्बई इन्डियन्सविरुद्ध ३ विकेट गुमाएर २३३ रन बनाएको थियो ।

रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान रजत पाटीदारले कप्तानी इनिङ खेल्दै केवल ३३ बलमा अविजित ९३ रन बनाए। उनले आफ्नो विस्फोटक पारीमा ५ चौका र ९ छक्का प्रहार गरे ।

टिमलाई तीव्र सुरुआत दिलाउने क्रममा वेंकटेश अय्यरले ७ बलमै १९ रन जोडे। त्यसपछि विराट कोहलीले २५ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिए भने क्रुणाल पाण्ड्याले २८ बलमा ४३ रन बनाएर मध्यक्रम सम्हाले ।

इनिङको अन्त्यतिर जितेश शर्माले केवल ५ बलमा १५ रन जोड्दै टोलीलाई २५० रन पार पुर्‍याए ।

गुजरात टाइटन्सका लागि कगिसो रबाडा र जेसन होल्डरले समान २–२ विकेट लिए पनि अन्य बलर महँगो सावित भए।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ९ : ५८ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम