आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल असार १२ गते शुक्रबारको राशिफल


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६ जुन २६ तारिख। जेठ शुक्ल पक्षको द्वादशी तिथि । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :  आलश्य बढ्नेछ । कुनै खबर सुनेर मन खिन्न हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। तर पठनपाठनमा भने ध्यान दिनुपर्ने देखिन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : आयआर्जनका नयाँ बाटा भेटिनेछन् ।स्वास्थ्यमा  सुधार हुनेछ। सम्पत्तिका पछाडि लाग्दा साथीभाइ टाढा हुनेछन्। पठनपाठनमा मन जानेछ। परिवारको साथमा रमाइलो जमघट हुने छ।

मिथुन : सञ्चित धनको खर्च हुनेछ। अप्ठेरो परि:थितिको सामना गर्नुपर्ने हुनसक्छ। राजनीति नगर्नु उचित हुन्छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको प्रतिफलका लागि प्रतिक्षा गर्नुपर्ने देखिन्छ। आज सकेसम्म यात्रा नगर्नु उचित हुनेछ ।

कर्कट : दिन राम्रो छ। मन प्रशन्न रहने छ।स्वास्थ्यमा  गरेको श्रमको प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। विपक्षी समूहमा बौद्धिक व्यक्ति भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्ने देखिन्छ।

सिंह : खर्च बढ्नेछ ।  संकटमा साथीको साथ मिल्नेछ। योजना सुनाउनु भन्दा सुरुवात गर्नु राम्रो हुन्छ। गोपनीयता सुरक्षित गर्नुपर्ने दिन छ।

कन्या : फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। :वदेशमा आम्दानीका :रोत प्रश:त देखिने छन्।स्वास्थ्यमा  सुधार हुनेछ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ। आज साझेदारीमा गरेको लगानीबाट फाइदा हुनेछ ।

तुला : दिन राम्रो छ। तपाईंले आज कला र गला प्रदर्शन गर्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्ने छ। राजनीतिक क्षेत्रका साथीसँगको सहकार्य प्रभावकारी बन्दा सेवाको अवसर मिल्ने देखिन्छ।

वृश्चिक : रोकिएका कामहरु बन्नेछन् । मनमा उत्साह बढ्नेछ। साथीभाईसँगको भेटले नयाँ योजना बन्न सक्छ । अरुको चिन्ता गर्दा आफ्नो :वा:थ्य जोखिममा पर्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्ने छ।

धनु : दिन सामान्य छ। अनावश्यक यात्रामा सञ्चित धन खर्च हुनेछ। आम्दानी भन्दा खर्च बढ्दा मन भारी बन्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। तपाईंको शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

कुम्भ : दिन राम्रो छ।कतै घुमफिरको योजना बन्नसक्छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ। आध्यात्मिक वार्तालाभले मन हलुका हुने देखिन्छ। परिवारको साथ र सहयोग बढ्नेछ।

मीन : मानसम्मान प्राप्त हुने दिन छ ।  संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। श्रमको मूल्य मिल्ने योग छ । मन मिल्ने साथीसँग भेट हुनेछ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : १४ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी