बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता « Khabarhub

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ । 

उक्त पुल निर्माणपछि छिमेकी जिल्ला ललितपुरको महाङ्काल गाउँपालिकालाई आवागमनमा सहजता भएको हो । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा एक करोड ७० लाख रुपैयाँमा उक्त पुल तयार भएको हो । 

विशेषगरी वर्षात्मा रतन खोला हुँदै आवातजावत गर्न समस्या हुने गरेकामा पुल बनेसँगै सुकुमफेदी, च्याम्राङबेँसी, झिङ्गे र खानीखोला तथा महाङ्कालका नागरिकसमेत लाभान्वित भएका बेथानचोक-१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए । 

उनका अनुसार विसं २०८१ को असोजमा आएको बाढीपहिरोका कारण झिङ्गेसहित बस्तीमा जान थप समस्या भएपछि पुल निर्माणमा पहल गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले उक्त पुल निर्माणले काभ्रेपलाञ्चोक र ललितपुरका नागरिकलाई ठूलो राहत पुगेको बताए ।

‘गाउँपालिकाले सडक, पुल, खानेपानी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको छ’, उनले भने । 

वडा नं १ झिङ्गेका गोपालकृष्ण सापकोटाले पुल निर्माणसँगै यातायात पहुँचमा सुधारसँगै कृषि उत्पादनको बजारीकरण तथा शिक्षा, स्वास्थ्य र अन्य सेवा प्राप्त गर्न नागरिकलाई सुविधा पुगेको बताए । उनले ठूला पुल निर्माण गर्न नसके बेलीब्रिज निर्माण गरी नागरिकलाई सुविधा दिन स्थानीय सरकारलाई सुझावसमेत दिए ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ५ : १८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने