महिला सुरक्षाको लागि ‘निलो बस’ को व्यवस्था भनेको मूर्खता हो : एमाले नेता पाण्डे  « Khabarhub

महिला सुरक्षाको लागि ‘निलो बस’ को व्यवस्था भनेको मूर्खता हो : एमाले नेता पाण्डे 


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेकी नेता डा. विन्दा पाण्डेले नयाँ सरकारले यात्रामा महिलाको सुरक्षाको लागि भनेर छुट्टै ‘निलो बस’ को व्यवस्था गर्नु भनेको पुरानै लयमा फर्किन लागेको बताएकी छन् । महिला सुरक्षाको लागि आधुनिक अवधारणा ल्याउनुपर्नेमा नयाँहरूले झनै पुरानो शैली अपनाएको उनको भनाई छ । 

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समिति तथा नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा ‘करणी सम्बन्धी कसुरको कानूनी व्यवस्था, न्यायिक अभ्यास र लैङ्गिक विश्लेषण’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले पुरुष भन्दा टाढा राखेर महिलाको सुरक्षा हुन्छ भन्ने मूर्खता भएको टिप्पणी गरेकी छन् । 

उनले भनेकी छन्, ‘अपराधीबाट टाढा बसेर वा दुरी बनाएर मात्रै हिंसा तथा अपराध कम हुँदैन । हिंसा चेतनाबाट आउँछ । जबसम्म चेतना अभिवृद्धि हुँदैन तबसम्म यो रोकिँदैन । यात्रामा महिला सुरक्षाको लागि अरु विविध कुराहरू सोच्न भन्दा छुट्टै गाडीको व्यवस्था गर्दिने भन्ने तह पुरानै स्थितिमा फर्किने हो ।’
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ०० बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका