महिला सुरक्षाको लागि ‘निलो बस’ को व्यवस्था भनेको मूर्खता हो : एमाले नेता पाण्डे  « Khabarhub

महिला सुरक्षाको लागि ‘निलो बस’ को व्यवस्था भनेको मूर्खता हो : एमाले नेता पाण्डे 


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेकी नेता डा. विन्दा पाण्डेले नयाँ सरकारले यात्रामा महिलाको सुरक्षाको लागि भनेर छुट्टै ‘निलो बस’ को व्यवस्था गर्नु भनेको पुरानै लयमा फर्किन लागेको बताएकी छन् । महिला सुरक्षाको लागि आधुनिक अवधारणा ल्याउनुपर्नेमा नयाँहरूले झनै पुरानो शैली अपनाएको उनको भनाई छ । 

शुक्रबार सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समिति तथा नेपाल महिला एकता समाजको संयुक्त आयोजनामा ‘करणी सम्बन्धी कसुरको कानूनी व्यवस्था, न्यायिक अभ्यास र लैङ्गिक विश्लेषण’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले पुरुष भन्दा टाढा राखेर महिलाको सुरक्षा हुन्छ भन्ने मूर्खता भएको टिप्पणी गरेकी छन् । 

उनले भनेकी छन्, ‘अपराधीबाट टाढा बसेर वा दुरी बनाएर मात्रै हिंसा तथा अपराध कम हुँदैन । हिंसा चेतनाबाट आउँछ । जबसम्म चेतना अभिवृद्धि हुँदैन तबसम्म यो रोकिँदैन । यात्रामा महिला सुरक्षाको लागि अरु विविध कुराहरू सोच्न भन्दा छुट्टै गाडीको व्यवस्था गर्दिने भन्ने तह पुरानै स्थितिमा फर्किने हो ।’
 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ०० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र