ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’ « Khabarhub

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

'सभाका सदस्यहरूले सुइँको नपाउने परम्परा बस्यो'


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेकोप्रति कडा असन्तुष्टि जनाउँदै शीर्ष नेतृत्वमाथि कटाक्ष गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो राजनीतिक कदमप्रति आपत्ति जनाएका हुन्।

प्रदेशमा सत्ता समीकरण बदल्ने क्रममा एमाले र माओवादी (नेकपा) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि माथ खुवाएको टिप्पणी उनले गरेका छन्। निर्णय प्रक्रिया अपारदर्शी भएको भन्दै उनले शीर्ष नेताहरूको शैलीमाथि प्रश्न उठाएका हुन्।

“सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए,” बास्कोटाले फेसबुकमा लेखेका छन्, “खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो।”

समीकरण फेरबदलको हतारोलाई लिएर व्यङ्ग्य गर्दै उनले लेखेका छन्, “हाँडी बोकेर स्वर्ग कि नर्क, हावा झैँ हुत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला? अचम्म लाग्छ।”

प्रदेश तहमा सरकार निर्माण र हेरफेरका विषयमा पार्टीभित्र व्यापक छलफल र पारदर्शिता नभई सीमित नेताहरूबाट मात्रै निर्णय हुने गरेको भन्दै एमालेभित्रैबाट विरोधका स्वरहरू उठ्न थालेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : १९ बजे

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा