शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी « Khabarhub

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) मा यसै शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन नभए आफू अनशन बस्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै मेयर हमालले सरकार र डा. गोविन्द केसी पक्षबीच गेटा विश्वविद्यालय सञ्चालनबारे छलफल भइरहेका बेला सुदूरपश्चिमका नागरिकको दशकौँदेखिको आकांक्षालाई थप अन्योलमा नराख्न आग्रह गरेका छन्।

गेटा विश्वविद्यालय सुदूरपश्चिमको शैक्षिक र स्वास्थ्य विकाससँग जोडिएको महत्त्वपूर्ण परियोजना भएको उल्लेख गर्दै उनले अब भौतिक संरचना निर्माणभन्दा पनि प्रत्यक्ष शैक्षिक गतिविधि सुरु हुनुपर्नेमा जोड दिएका छन्। विश्वविद्यालयका पदाधिकारी नियुक्ति वा व्यवस्थापकीय बहसभन्दा विद्यार्थी भर्ना र पठनपाठन सञ्चालनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

“सुदूरपश्चिमका जनताको चाहना यही वर्षदेखि एमबीबीएस अध्ययन सुरु होस् भन्ने हो। पदाधिकारी को बन्छ भन्ने बहसभन्दा विश्वविद्यालयमा पढाइ सुरु हुनु मुख्य विषय हो,” मेयर हमालले भनेका छन्, “यदि यसै शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन हुने सुनिश्चितता नभए म आन्दोलनको अग्रपङ्क्तिमा उभिनेछु र आवश्यक परे अनशनसमेत बस्नेछु।”

उनले गेटा विश्वविद्यालय सञ्चालनका लागि साझा रूपमा दबाब सिर्जना गर्न राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणलाई अपिलसमेत गरेका छन्। यो विषय कुनै व्यक्ति वा संस्थाको मात्र नभई समग्र सुदूरपश्चिमको भविष्यसँग जोडिएको मुद्दासमेत भएको उनले बताएका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ११ : ३१ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन