काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप « Khabarhub

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप यही साउन १३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

काठमाडौं खेल मण्डल, न्यूरोड टीम(एनआरटी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका उत्कृष्ट १६ स्नूकर खेलाडीहरूको सहभागिता रहने मास्टर्स स्नूकर च्याम्पियनसिप साउन १३ गते सुरु हुने र साउन २३ गते समापन हुने जानकारी दिएको हो । 

प्रतियोगिताका बिजेतालाई नगद रु १ लाख ११ हजार १ सय ११ सहित च्याम्पियन ट्रफी प्रदान गरिने काठमाडौं खेल मण्डल, न्यूरोड टीम(एनआरटी)का महासचिव सतिश कृष्ण श्रेष्ठले जानकारी दिए । 

त्यस्तै उपबिजेतालाई ५१ हजार रुपैयाँसहित ट्रफी र सेमिफाइनलिस्टद्वयलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने उनको भनाइ छ । साथै सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार दामाशाही रुपैयाँ र ८० अंकभन्दा बढी हाइयेष्ट ब्रेक गर्नेलाई नगद रु २० हजार दामाशाही र ट्रफी प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिए । 

खेलको प्रवर्द्धन, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ च्याम्पियनसिपको आयोजना गरिएको काठमाडौं खेल मण्डल, न्यूरोड टीम(एनआरटी)ले जनाएको छ । 

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  २ : ५८ बजे

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा

विद्युत् आपूर्ति नियमित हुँदै : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा