अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति « Khabarhub

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ । 

महान्यायाधिवक्ता कार्यालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैज्ञानिक प्रमाणमा आधारित अभियोजन तथा प्रभावकारी प्रतिरक्षा गर्ने व्यावसायिक संस्थाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको हो ।

महान्यायाधिवक्ता  डा. नारायण दत्त कँडेलले अभियोजनलाई प्रविधिमैत्री बनाउने, सरकारी वकिलहरूको क्षमता अभिवृद्धि गर्ने, र सम्बन्धित निकायहरूलाई थप उत्तरदायी बनाउने लक्ष्य चौथो रणनीतिक योजनामा उल्लेख रहेको जानकारी दिए । 

उनले संविधान र फौजदारी अपराध संहिताको मर्मअनुरूप अपराध पीडितहरूलाई अनिवार्य क्षतिपूर्तिको माग गर्ने र सो नभएमा माथिल्लो अदालतमा पुनरावेदन गर्ने परम्पराको सुरुवात गरिएको जानकारी दिए ।

पीडितहरूका लागि अनुसन्धानकै क्रममा अन्तरिम राहतको माग गर्ने र त्यसको निर्धारणका लागि महान्यायाधिवक्ताको कार्यालयले निश्चित मापदण्ड तय गरेको उनले बताए ।

त्यस्तै पीडितलाई पर्याप्त परामर्श दिने, सरकारी वकिलको उपस्थिति अनिवार्य गराउने र साक्षी बकपत्रलाई प्रभावकारी बनाउने व्यवस्था मिलाइएको समेत जानकारी दिए । 

उनले सरकारी वकिलको कार्यालयका कार्यसम्पादनका सन्दर्भमा प्रत्यक्ष अनुगमन सुरु भएको उल्लेख गर्दै त्यसलाई समीक्षा गरेर संस्थागत रूपमा सुदृढीकरण गर्ने प्रयास भएको बताए । 

चौथो पञ्चवर्षीय रणनीतिक योजना २०८३ साउन १ गतेबाट  कार्यान्वयनको क्रममा रहेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ५ : ५८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही