बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग « Khabarhub

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनः स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनः स्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा यो सहयोग घोषणा गरेको हो ।

यस दुःखद घटनामा ज्यान गुमाएकाप्रति एनसेलले समवेदना व्यक्त गरेको छ । साथै, हराईरहेका तथा प्रभावितहरूको शीघ्र उद्धार तथा राहत व्यवस्थापनको कामना गरेको छ । 

एनसेलले विपद्को समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको छ । 

बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई हिजोदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराएको छ । 

एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, ‘विपद्को यस कठिन घडीमा प्रभावित जनताहरुको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो। उद्धार, राहत र पुनः स्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले १ करोड सहयोग गर्ने निर्णय गरेका हौँ। यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौँ ।’

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  २ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस