बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद « Khabarhub

बाढीमा सिन्धुपाल्चोकका २ सय ४४ जना सम्पर्कविहीन, खोज्न हिँडे दुई सांसद


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सिन्धुपाल्चोकका करिब २ सय ४४ जना हराइरहेका छन्।

सवारी चालक, कर्मचारी, मजदुर, व्यवसायी र घुम्न गएकाहरु गरी करिब २ सय ४४ जना जति हराइरहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले बताए ।

उनका अनुसार बुधबार बिहान बाढी गएपछि उनीहरू कोही पनि सम्पर्कमा आएका छैनन् । यसैबीच दुलाल र पूर्वप्रतिनिधिसभा सदस्य एवम् नेकपा युवा नेता माधव सापकोटा हराइरहेकाको अवस्था बुझ्न प्रभावित क्षेत्रतर्फ गएका छन् ।

आफूहरू नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर रसुवासम्म पुग्ने योजनासहित हिँडेको दुलालले बताए ।

‘हाम्रो जिल्लाका करिब २ सय ४४ जनाजति बाढीपछि सम्पर्कबाहिर छन्’, उनले भने, ‘गाडी जाने ठाउँसम्म गाडीमा र त्यसपछि हिँडेरै प्रभावित क्षेत्रमा पुग्छौं ।’

स्थानीय दुलालले सुरक्षा संयन्त्र र पार्टी कमिटीसँगको समन्वयमा हराइरहेकाहरुको खोजबिन गर्ने जानकारी दिए ।



प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ३ : ३१ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ