भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी « Khabarhub

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या बढ्दै गएको छ । 

पछिल्लो विवरणअनुसार बाढीमा परी ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । 

बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नदी किनारका विभिन्न क्षेत्रमा थप शव फेला परिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पछिल्लो समय त्यहाँ मात्रै ८१ जनाको शव फेला परेको छ । 

तीमध्ये ५५ जनाको शव जिल्लाका सातवटा अस्पतालमा राखिएको छ भने बाँकी २६ शव घटनास्थलमै रहेको र अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वी नवलपरासीमा फेला परेका शवमध्ये २२ महिला, ३३ पुरुष, ६ बालक र ९ बालिका छन् । त्यस्तै ११ शवको अवस्था पहिचान खुल्न नसक्ने रहेको प्रहरीले जनाएको छ ।

यसअघि चितवनमा १०८, पश्चिम नवलपरासीमा १५, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको थियो ।

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नदी तथा आसपासका क्षेत्रमा अझै धेरै व्यक्ति बेपत्ता रहेको आशंका गरिएको छ । 

प्रहरीले सुरक्षा निकायको टोली परिचालन गरी नदी किनार र सम्भावित क्षेत्रमा बेपत्ताको खोजीलाई निरन्तरता दिएको जनाएको छ । 

साथै फेला परेका शवको पहिचान तथा आफन्तलाई बुझाउने प्रक्रिया पनि अघि बढाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ४ : १३ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ