भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन « Khabarhub

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन् । सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कबिहीन भएका हुन् ।  

सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले वडा नं ६ का पाँच जना क्रमशः राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा, रविलाल भण्डारी, यसैगरी, वडा नं ५ का चार जना हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोम बहादुर घर्ती, अनराम पुन र वडा नं ३ का बहादुर पुन भएको जानकारी दिए ।                    

यसैगरी, रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा नं ८ का छ जना व्यक्ति क्रमशः गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर रहेका छन् । 

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना प्रकाशित गर्दै जिल्लाका गाउँबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएको र सम्पर्कविहीन भएका छन् भने उक्त व्यक्तिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा टिपाउन वा खबर गर्न जानकारी गराएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ४ : १६ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ