५० मिटर प्रतिसेकेन्डको गतिमा उर्लिएको थियो हिमपहिरोबाट सुरू भएको बाढी « Khabarhub

५० मिटर प्रतिसेकेन्डको गतिमा उर्लिएको थियो हिमपहिरोबाट सुरू भएको बाढी

चिनियाँ विज्ञ भन्छन् : गेग्रानसहितको बाढी दुवैतिर विनाशको कारण बन्यो


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार बिहान आएको बाढीले नेपालमा ठूलो भौतिक र मानवीय क्षति निम्त्याएको छ। उता छिमेकी चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत सिगात्से सहरको केरुङ काउन्टीस्थित केरुङ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको चिनियाँ विज्ञहरूले बताएका छन्।

भदौ १० गते बिहान करिब १०:३० बजे पहिरोपछि आएको ठूलो गेग्रानसहितको बाढी (डेब्रिज फ्लो) ले केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। अहिले चीनतर्फ पनि तीन सयभन्दा धेरै मानिस बेपत्ता भएको चिनियाँ पक्षले जनाएको छ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयका विज्ञहरूका अनुसार उक्त विपद् नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमखण्ड (ग्लेसियर) भत्किएपछि उत्पन्न भएको हो।

हिमखण्ड तीव्र गतिमा तल झर्दा बाटोमा रहेका हिमनदीजन्य माटो, ढुंगा तथा गेग्रान बगाएर लगेको र त्यसबाट तीव्र गतिको अकल्पनीय बाढीको स्वरुपमा परिणत भएको उनीहरूको भनाइ छ।

त्यसपछि उक्त उक्त भीषण बाढी केरुङ चाङ्बो नदीमा प्रवेश गर्दै केरुङ बन्दरगाह क्षेत्रमा पुगेको थियो त्यहाँ क्षति पुर्‍याएपछि नदीको बहावसँगै नेपालतर्फ पनि अघि बढेको बताइएको छ।

चाइना एरो जियोफिजिकल सर्भे एन्ड रिमोट सेन्सिङ सेन्टरअन्तर्गत भूगर्भीय विपद् अनुसन्धान तथा अनुगमन केन्द्रका निर्देशक मुओ चाओछेङले हिमखण्ड भत्किएर आएको गेग्रानसहितको बाढी नै घटनाको मुख्य कारण रहेको बताए।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा रहेको बरफको ठूलो भाग पहाडबाट खसेपछि तीव्र गतिमा तल झर्ने क्रममा नदीको मार्गमा रहेका हिमनदीजन्य माटो तथा गेग्रानसमेत बगाएर लगेको थियो।

त्यस क्रममा उच्च गतिमा बगेको गेग्रानले नदीको बहावसँगै थप विस्तार हुँदै बन्दरगाहका संरचना र सीमावर्ती क्षेत्रलाई प्रभावित गरेको थियो।

कुओका अनुसार यस्तो प्रकृतिका घटना छिङहाई–तिब्बत पठारमा विगतमा पनि भएका छन्, तर ती निकै दुर्लभ मानिन्छन्। भारतको उत्तराखण्डस्थित चमोली क्षेत्रमा सन् २०२१ फेब्रुअरी ७ मा भएको यस्तै प्रकृतिको घटना यसको उदाहरण भएको उनले बताए।

उनले यस्ता घटनाको प्रभाव हिमताल फुटेर आउने बाढी (जीएलओएफ) भन्दा पनि बढी हुन सक्ने बताए। यस्ता हिमखण्ड भत्किने घटनाले बढी विनाशकारी शक्ति र लामो दूरीसम्म प्रभाव पार्न सक्ने उनको भनाइ छ।

चिनियाँ विज्ञहरूको अनुमानअनुसार केरुङ क्षेत्रमा क्षति पुर्‍याएको हिमखण्ड भत्किएपछिको गेग्रानसहितको बाढी करिब ५० मिटर प्रतिसेकेन्डको गतिमा बगेको थियो।

अत्यधिक तीव्र गतिका कारण मानिसहरूलाई प्रतिक्रिया जनाउने समयसमेत निकै कम भएको र यसको प्रभाव २० किलोमिटरभन्दा बढी क्षेत्रमा परेको बताइएको छ।

कुओले छिङहाई–तिब्बत पठारमा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारी गर्दा अत्यन्त गम्भीर तथा चरम अवस्थालाई समेत ध्यानमा राख्नुपर्ने बताए।

उनका अनुसार चीनका भित्री भूभागको तुलनामा यस क्षेत्रमा विपद् रोकथाम तथा सुरक्षा व्यवस्थाका मापदण्ड र तयारी अझ उच्च हुन आवश्यक छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ६ : ३५ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९