हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता « Khabarhub

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा क्षेत्रीय तनाव न्यूनीकरणका विषयमा बिहीबार तेहरानमा छलफल भएको छ।

कतारका विदेशमन्त्री तथा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका हुन। इरानी राष्ट्रिय टेलिभिजनका अनुसार भेटमा हर्मुज जलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो।

कतारको विदेश मन्त्रालयले भेटका क्रममा क्षेत्रीय तनाव कम गर्ने प्रयास तथा इरान र ओमानबीच हर्मुजसम्बन्धी प्रस्तावित ढाँचाबारे छलफल भएको जनाएको छ। अल थानीले छिमेकी मुलुकहरूको सार्वभौमिकता तथा स्वतन्त्र नौवहनको अधिकारको सम्मान गर्दै संवाद अघि बढाउनुपर्नेमा जोड दिएको मन्त्रालयले जनाएको छ।

इरानमा पछिल्लो एक सातादेखि क्षेत्रीय कूटनीतिक गतिविधि तीव्र बनेको छ। यस क्रममा ओमानका शीर्ष कूटनीतिज्ञ तथा पाकिस्तानी उच्च अधिकारीहरूले पनि इरानी पक्षसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। ती छलफलहरू मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने तथा हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने उपाय खोज्न केन्द्रित रहेको बताइएको छ।

अमेरिकाले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने देश, बैंक तथा कम्पनीमाथि व्यापक प्रतिबन्ध लगाउने चेतावनी दिइरहेका बेला कतारका विदेशमन्त्रीको तेहरान भ्रमण भएको हो। वाशिङ्टनले यसलाई इरानमाथि आर्थिक दबाब बढाउने अभियानका रूपमा अघि बढाएको छ।

मध्यस्थतामा सक्रिय पाकिस्तानसँगै कतारले यसअघि अप्रिलमा भएको युद्धविराम तथा जुन महिनामा भएको इरान–अमेरिका सम्झौता कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका खेलेको थियो। यद्यपि, पछिल्लो समय ती समझदारीहरू प्रभावहीन बनेका छन्।

फेब्रुअरी २८ मा अमेरिकाविरुद्ध युद्ध सुरु भएयता इरानले हर्मुज जलडमरूमाथि कडा नियन्त्रण कायम राखेको छ। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने यस जलडमरूमार्फत ठूलो परिमाणमा तेल तथा ग्यासको अन्तर्राष्ट्रिय व्यापार हुने गर्छ।

यसैबीच, वाशिङ्टनले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी घोषणा गरेको छ। नाकाबन्दी र हर्मुजमा जारी अवरोधका कारण इरानमा तेल आपूर्ति प्रभावित हुनुका साथै देशभित्र इन्धन अभावसमेत देखिएको बताइएको छ।

कतार र अन्य क्षेत्रीय मध्यस्थकर्ताहरूको पछिल्लो कूटनीतिक पहलले हर्मुज जलमार्ग खुला गर्ने तथा मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने दिशामा नयाँ वार्ताको वातावरण बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ७ : ०३ बजे

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

काठमाडौं– विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन