बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने « Khabarhub

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेकी छन् ।

भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै कार्कीले दुःख व्यक्त गरेकी हुन् ।

उनले आफ्नो एक महिनाको पेन्सन रकम बाढी पीडितको उद्धार र राहतका लागिसमेत दिएकी छन् । 

पूर्व प्रधानन्याधीश समेत रहेको कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनवापतको रकम ७७ हजार रुपैयाँ जम्मा गरेकी हुन् ।

उनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । 

साथै सम्पर्कविहीन व्यक्तिको खोजी तथा सकुशल उद्धारमा सफलता मिलोस् भन्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेकी छन्।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ७ : १९ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक