बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने « Khabarhub

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेकी छन् ।

भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै कार्कीले दुःख व्यक्त गरेकी हुन् ।

उनले आफ्नो एक महिनाको पेन्सन रकम बाढी पीडितको उद्धार र राहतका लागिसमेत दिएकी छन् । 

पूर्व प्रधानन्याधीश समेत रहेको कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनवापतको रकम ७७ हजार रुपैयाँ जम्मा गरेकी हुन् ।

उनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । 

साथै सम्पर्कविहीन व्यक्तिको खोजी तथा सकुशल उद्धारमा सफलता मिलोस् भन्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेकी छन्।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ७ : १९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म