विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख भन्छन् : सिमानाको ताल फुटे पनि ठूलो क्षति हुँदैन, तर सतर्क रहौँ « Khabarhub

विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख भन्छन् : सिमानाको ताल फुटे पनि ठूलो क्षति हुँदैन, तर सतर्क रहौँ



काठमाडाैं – बुधबार चीन-नेपाल सीमा क्षेत्रमा गएको भीषण पहिरो र प्राकृतिक बाँध (कृत्रिम ताल) निर्माणको प्रमुख श्रोत बनेको कुराहरू आइरहेका छन् । त्यसकारण अझै तीन दिन त्यस क्षेत्रमा थप जटिलता उत्पन्न हुने बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती अबको विनाश पहिलाको जस्तो भयावह नहुने र त्रासित नबन्न आग्रह गर्छन् । तर सतर्कता अपनाउँदै त्यस क्षेत्रमा खोजी उद्धारमा जुटेका मान्छेहरूले ख्याल गर्नुपर्ने उप्रेतीको भनाइ छ।

उप्रेती नदी किनारका बुधबार प्रभावित क्षेत्रमा जोखिम रहेकाले त्यस क्षेत्रमा ताल फुटेको अवस्थामा क्षति गर्ने विश्लेषण सुनाउँछन्। उनी बुधबार जहाँजहाँ क्षति भयो त्यही त्यही मात्र ताल फुटेमा असर हुने भन्दै चितवनसम्म नै नदी किनारका बस्तीहरूमा सतर्कता अपनाउनुपर्ने जानकारी दिन्छन्। उनी चीनसँग निरन्तर समन्वय र सहकार्य भइरहेकाले अब थप क्षति नहुने विश्लेषण सुनाउँछन्। यसै सन्दर्भमा खबरहबका लागि ज्ञानु घिमिरेले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख डा । धर्मराज उप्रेती सँग गरेको कुराकानी ।

विपत फेरि आउन सक्ने सम्भावना हो र ?
मनसुन अवधि नै हो पानी पर्ने सम्भावना छ। अहिले पछिल्लो आएको अपडेट भनेको जल तथा मौसम विज्ञान विभागले पनि सतर्क रहन आग्रह गरेको छ। चिनिया पक्षबाट पनि सतर्क हुन आग्रह भइरहेको छ । कुरा के हो भने त्यहाँ केही गेग्रेनहरू थुप्रिएका छन् केही चट्टानहरू थुप्रिएका छन् र ताल छ । सामान्य तरिकाले ताल बनेको र नदीलाई अवरोध बनाइराखेको स्थिति छ। जल तथा मौसम विज्ञान विभागसँग बुझ्दाखेरि पहिला जस्तो ठूलो होइन। जस्तो हिजोको विषयमा त हामीलाई थाहा भएन नि त। अहिले चाहिँ त्यसको मोनिटरिङ पनि भइरहेको छ। चाइनासँग निरन्तर संवाद छ। चाइनासँग क्लोज रूपमा भएर काम पनि भइराखेको हुनाले डराउनुपर्ने अवस्था छैन ।

त्यसो भए ताल फुटेको अवस्थामा पनि जनधनको क्षति हुने सम्भावना छैन ?
क्षति हुनु भइसक्यो । अब फुटिहालेको अवस्थामा पनि यति धेरै क्षति हुँदैन । तर सतर्कता अपनाउन र क्षति नै हुन नदिनका लागि चाहिँ हामी सतर्क हुनुपर्छ । नदी तटीय क्षेत्रमा सतर्क चाहिँ हुनुपर्नेछ। यसमा आत्तिने भन्दा पनि पहिला जस्तो भयानक हुने होइन। फुटिहाले पनि पहिला जस्तो असर गर्ने होइन तर सतर्क चाहिँ हुनुपर्छ किनभने त्यो ठाउँमा अहिले जहाँ बाढी गइराखेको छ । त्यहाँ खोज उद्धार चलिराखेको छ नि त त्यही भएर मान्छेहरू भएको हुनसक्छ त्यसकारण जोगिनुपर्ने चाहिँ छ। खोजी उदाहरण गरिराखेकै अवस्थामा घटना हुन सक्छ भनेर अलर्ट गरिएको हो। भयावित हुने अवस्था छैन।

नदी किनारमा चाहिँ खोजी उद्धार केही दिनका लागि रोक्दा राम्रो हुने हो ?
खोज उद्धारलाई नै डिस्टर्ब हुने किसिमले चाहिँ आउने सम्भावना छैन। तर हामी सतर्क चाहिँ हुनुपर्छ। अहिले पनि ९१० भन्दा बढी साथीहरु बेपत्ता हुनुहुन्छ त्यसकारण खोज उद्धारलाई निरन्तरता जति सक्दो चाँडो दिनुपर्छ र भइराखेको पनि छ। तर सतर्कता चाहिँ अपनाउनुपर्छ। अध्यावादी सूचना जे आउँछ त्यसलाई चाहिँ हामीले इन्कार गर्नु हुँदैन कार्यान्वयनमा लैजानुपर्छ।

ताल फुटी हालेको अवस्थामा कुन कुन क्षेत्र प्रभावित हुन्छन् ?
हिजो जहाँनेर घटना घटेको छ त्यही क्षेत्रलाई मात्रै प्रभावित बनाउँछ। विशेष गरेर रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडाहरुमा नदी किनारका बस्तीलाई प्रभावित बनाउँछ । सबै त्यहाँ लगिसकेको छ नदी किनारका बस्तीहरू त्यो ठाउँमा अब मान्छे नै नभएपछि धेरै क्षति हुने भएन। नदी बग्दै आएको क्षेत्र चितवनसम्म नै सतर्कता अपनाउनुपर्छ। हामीसँग अहिले पूर्व सूचना आउने सम्भावना छ चाइनासँग निरन्तर कन्ट्याक्ट र समन्वय भइरहेको छ। फुटीहाल्यो भने पनि तल्लो तटीय क्षेत्र विनाश गरिसकेको र मान्छे नै नबस्ने अवस्था भएपछि कम क्षति हुन्छ। मानवीय क्षति तालफुटी हालेको अवस्थामा पनि हुने सम्भावना ज्यादै न्यून छ। तर पनि सतर्क चाहिँ हुनुपर्छ। हाम्रा सूचना र अलर्टलाई व्यवस्था गर्नुभएन। सूचना आएको खण्डमा त्यसलाई सिरियस लिएर सुरक्षित ठाउँमा जानुपर्छ।

अहिले पर्याप्त मात्रामा चाहिनेसँग पनि समन्वय भइरहेको छ ?
हो समन्वय भइरहेको छ चाइनाबाट पनि निरन्तर सूचना आइरहेको छ र दुवै तर्फबाट खोजि र उद्धारको काम भइरहेको देखिन्छ । जल तथा मौसम विज्ञान विभागले पर्याप्त रूपमा चाइनासँग सूचना प्राप्त गरिराखेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ९ : २७ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी