आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६ सेप्टेम्बर २७ तारिख। असोज कृष्ण पक्षको प्रतिपदा तिथि। सोह्रश्राद्ध प्रारम्भ र विश्व पर्यटन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना छ । स्वास्थ्य र शिक्षामा केही सुधारका संकेत देखिनेछन् । पारिवारभित्र किचलो हुनेछ । सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ । 

वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा साथ सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन :दिन राम्रो छ । बोलीका कारण काम बन्ने दिन छ । स्वास्थ्य र शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक सामाजिक क्षेत्रमा चर्चा हुनेछ । परिवारका सदस्यको सल्लाह लिएर मात्र काम गर्नु फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढ्नुहोला । आफन्तबाट भने धोका हुने जोखिम छ ।

सिंह : दिन सामान्य छ । मनमा चञ्चलता बढ्नेछ । लामोदुरीको यात्रा तय हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ ।

कन्या : दिन राम्रो छ । दाजुभाइसँगको सहकार्यले फाइदा मिल्नेछ । शिक्षामा ढिलासुस्ती भएपनि स्वास्थ्यमा फाइदा हुनेछ । खर्च कटौती गरेर अघि बढ्नुपर्ने दिन छ।

तुला : दिन तपाईको  पक्षमा छैन । कम बोल्नु उचित हुनेछ । खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । शिक्षामा प्रगति हुनेछ । हरेक काममा सचेत बन्नु पर्ने दिन छ ।

वृश्चिक : दिन राम्रो छ । दिन सहज बन्नेछ । लाभ हुने भएकाले व्यापार व्यवसायमा लगानी गर्नुहोला । प्रशंसा गर्नेहरु बढ्नेछ । समाजमा तपाईंको मान बढ्नेछ ।

धनु : दिन सामान्य छ । राजनीतिक, सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ । परिवारमा शंका बढ्नेछ । आज स्वास्थ्यमा भने केही सुधारका संकेत देखिनेछन् ।

मकर : दिन राम्रो छ । लामो समयदेखि अड्किएर बसेका काम आज बन्नेछन् । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढुवा हुन सक्छ ।

कुम्भ : दिन राम्रो छ । धन सञ्चित हुनेछ । रमाइलो यात्रा तय हुनेछ । राजनीतिक र सामाजिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ । पारिवारिक कारणले मनमा असन्तुष्टि बढ्नेछ ।

मीन : दिन राम्रो छ । धन लाभ हुनेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा रुची बढ्नेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ५ : १५ बजे

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर