देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता « Khabarhub

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरका नदी तथा खोलामा पानीको बहाव उच्च रहने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित उपत्यकाबाहिरका उपत्यका, मधेस र पहाडी भेगका ३४ भन्दा बढी जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको छ।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो जिल्ला तथा बागमतीका केही जिल्लासहित १७ जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। गण्डकीका लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा तथा लुम्बिनीका रूपन्देही, कपिलवस्तु, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, गुल्मी र चितवन जिल्लाका साना नदीमा बाढीको जोखिम उच्च रहने भएकाले विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैगरी, कोशी, नारायणी र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तह माथि पुगेको छ। महाशाखाले नारायणी नदीका बुढीगण्डकी, मर्स्याङ्दी, सेती, माडी, बडिगाड र कालीगण्डकीमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : ४१ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ