१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै « Khabarhub

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुँदैछ ।

यही असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण १३ गतेभित्र अनुकूल समयमा गर्न निर्वाचन समितिले विकल्प दिएपछि आज १३ जिल्लामा अधिवेशन हुन लागेको हो । २९ जिल्लामा भोलि र ९ जिल्लामा मंगलबार क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।

उनकाअनुसार आज झापा, मोरङ, काठमाडौँ, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट र सुर्खेतसहित १३ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको हो ।

त्यसैगरी, भोली ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलालीसहित २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

समितिलाई प्राप्त विवरण अनुसार मंगलबार सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेख गरी ६ जिल्लामा र १४ गते इलाममा क्षेत्रीय अधिवेशन गर्ने तय भएको छ ।

१७ जिल्लाले भने पूर्वनिर्धारित तालिकाअनुसार हिजो (शनिबार) अधिवेशन गरेको विवरण केन्द्रीय निर्वाचन समितिलाई प्राप्त भएको उनले जानकारी दिए । सदस्यसचिव कटुवालका अनुसार पूर्व सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुरासहित ४ जिल्लाको नतिजा आइसकेको छ भने १३ जिल्लामा निर्वाचनको प्रक्रिया हिजोदेखि नै चलिरहेको छ ।

क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेका अन्य तीन जिल्लाहरुमा मनाङ, मुस्ताङ र बैतडी रहेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा भने आजपनि निर्वाचनको प्रक्रिया चलिरहेको छ । अन्य केही जिल्लाहरुमा भने मिति तय नभए पनि १३ गतेभित्र गरिसक्न भनिएकाले त्यतिबेलासम्म भइसक्ने निर्वाचन समितिले दाबी गरेको छ ।

सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुने भएकाले यसलाई महत्वपूर्ण अधिवेशनको रुपमा लिइन्छ । अधिकांश नेता तथा कार्यकर्ताहरु महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ। यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन। यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ। ती १८ जनामध्ये दुवै प्रदेश सभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन–तीन जनाको दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल ६ जना निर्वाचित हुनेछन्।

त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार जना, युवामध्येबाट एक महिलासहित २ जना, जनसंख्याका आधारमा समानुपातिक तर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ।

क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला ४, खुला १०, एक महिलासहित तीन युवा, जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन् ।

साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना चयन हुने व्यवस्था गरिएको छ । यसरी हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना सङ्घीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक, र जनसंख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कुल १२ जना छनोट हुनेछन् ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवै तर्फका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ । प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन् । कोषाध्यक्ष भने प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ ।

प्रदेश सभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा २ महिला, एक दलित, एक युवा, तीन खुला र जनसंख्याका आधारमा समानुपातिकतर्फबाट ६ जना निर्वाचित हुनेछन् । यसबाहेक थप ७ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ । सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, ८ खुला, एक महिलासहित दुई युवा, जनसंख्याका आधारमा हुने समानुपातिकतर्फ ६ जना चयन गर्नेछ।

त्यसैगरी पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ ।

कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएपछि केन्द्रीय महाधिवशेन हुनेछ । केन्द्रीय महाधिवेशन यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौको खुल्ला मञ्चमा गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ । कांग्रेसको अधिवेशन यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १० : ४५ बजे

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २